
प्रधानमन्त्री पुष्पकमल दाहनलकी धर्मपत्नी सीता दाहालको निधन भएको छ।
लामो समयदेखि पार्किन्सन जस्तो रोगबाट पीडित दाहालको बुधबार बिहान ८:३३ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।
पार्किन्सनका अतिरिक्त मधुमेह लगायतको समस्याबाट ग्रसित दाहाललाइ बिहान हृदयाघात भएपछि ८ बजे अस्पतालमा भर्ना गरेपनि उनको उपचारमा सफलता प्राप्त हुन सकेन।
प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्राध्यापक डा। युवराज शर्माका अनुसार सीता दाहाललाई बुधबार बिहान ८ बजे हृदयघात भएपछि अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको ८ बजेर ३३ मिनेटमा निधन भएको हो।
यसअघि अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गर्दा पनि उनको रोग निको भएको थिएन।
अहिले अस्पतालमा प्रधानमन्त्री दाहाल र उनको परिवारका सदस्यसँगै सरकारका मन्त्री तथा विभित्र राजनीतिक दलका नेता, कार्यकर्ताको भिड लागेको छ।
श्रीमती दाहालका श्रीमान, दुई छोरी र २ बुहारी छन्।