नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन २ गते बस्ने भएको छ।
विगत लामो समयदेखि बस्न नसकिरहेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बुधबार दिउँसो १ बजेका लागि बोलाइएको थियो।
तर, बुधबार बिहानै प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनको खबर प्राप्त भएलगत्तै सत्ता साझेदार दल कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमिति बैैठक स्थगित भएको सूचना प्रकाशित गर्दै उक्त बैठक साउन २ गते दिउँसो १ बजे बस्ने जनाएको हो।
बैठकमा सहभागी हुने तयारीमा रहेका पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई बैठक स्थगित भएको सूचना कांग्रेसका कार्यवाहक मुख्य सचिव प्रदिप पराजुलीले पठाइसकेका छन्।
प्रकाशित मिति: बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्