हिमाल दैनिक
प्रम दाहाल पत्नी सीताको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा नेपाली भाषामा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालकी पन्ती सीताको बुधबार बिहान हृदयघातका कारण नर्भिक अस्पतालमा निधन भएको समाचार सार्वजनिक भएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटरमार्फत समवेदना प्रकट गरेका हुन्।

समय, परिस्थिति र सन्दर्भ अनुसार चल्न जानेका भारतीय प्रधानमन्त्री मोदीले नेपाली भाषामा ट्वीट गर्दै दाहाल पत्नी सीताको निधनको खबरले मर्माहित भएको बताएका छन्। साथै उनले प्रधानमन्त्री दाहालको ट्वीटर एकाउण्टलाई मेन्सन गर्दै दाहालप्रति समवेदना तथा दिवंगत आत्माको चिरशान्तिको कामना पनि गरेका छन्।

358543724_656331459865232_4513622798139573589_n1689148316.jpg

 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update