हिमाल दैनिक
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी
नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० केन्द्रीय समितिको बिहीबार जारी चौथो पूर्ण बैठकमा सहभागी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत। तस्बिरः प्रदीपराज वन्त/रासस

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी छ । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सङ्क्षिप्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहनुभएको छ ।

    आजको बैठकको प्रारम्भमा वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेका कामकारबाहीका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले सरकारको कामले जनतामा नयाँ आशा उत्साह ल्याएको उल्लेख गर्दै जनताको आशालाई पार्टी सङ्गठनमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँले रुपान्तरणसहित पार्टीलाई पुनःनिर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

    सदस्यले पार्टीको पुनःनिर्माण, पार्टीको कार्यशैली, सङ्गठनको प्रभावकारिता र सरकारका कामकारबाहीका बारेमा धारणा राखेका छन् । बुधबार १८ नेताले आआफ्नो धारणा प्रस्तुत गरेका थिए । बैठक बुधबारदेखि सुरु भएको हो । नेताहरुका लागि बोल्नका लागि पाँच÷पाँच मिनेटको समय छुट्याइएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update