हिमाल दैनिक
विदेश जानेका लागि चारित्रिक प्रमाणपत्र अनलाइनबाटै दिने कार्य प्रारम्भ

विदेशमा अध्ययन तथा रोजगारीका लागि जान चाहनेहरुले अब प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न कन्सुलर सेवा विभाग जानुपर्ने बाध्यता हटेको छ।

आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थित बिभागमा आयोजित एक कार्यक्रमकाबीच परराष्ट्र मन्त्री एनपी साउदले प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण कार्यलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गरे।

यसअघि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न बिभाग आउनुपर्ने बाध्यता रहेको थियो। अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण हुने भएपछि सर्वसाधारणको समय र पैसा दुबैको बचत भएको परराष्ट «मन्त्री साउदले बताए।

सरकार गठन भइसकेपछि परराष्ट्र सेवालाई सहज र सुलभ वनाउन प्रयास गरेको उनले बताउँदै जनसेवाका कार्यलाई निरन्तरता दिने पनि बताए।

त्यस्तै मन्त्री साउदले राष्ट्रिय एकतालाई मजबुद गर्ने गरि परस्पर लाभका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न खोजिएको जानकारी दिए।

उनले विदेशी नीतिमा सबै पार्टीको सहमति हुनका लागि प्रयन्त जारी रहेको भन्दै राष्ट्रिय सहमतिका लागि सबै दलको बिचार ग्रहण गर्न सरकार तयार रहेको पनि बताए।

वर्तमान सरकार गठन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको भारत भ्रमण फलदायी भएको दाबी गर्दैै उनले उक्त भ्रमणबाट महत्वपूर्ण उपलव्धी हासिल भएको बताए। साथै मन्त्री साउदले सेप्टेम्वरको अन्तिम सातामा प्रधानमन्त्री दाहालको चीन भ्रमणको तयारी भइरहेको जानकारी पनि दिए।

बिभागका अनुसार अनुसार गत आर्थिक वर्ष २०७९/८० मा विभागले तीन लाख ६ हजार २२ वटा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरेको थियो। सेवाग्राहीले अनलाइन आवेदन दिएको २४ घण्टाभित्र प्रमाणीकरण भएको प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराइने बिभागले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update