हिमाल दैनिक
ललिता निवास प्रकरणमा मेरोे केही गल्ती छैन, अनुसन्धानमा मेरो पूरा साथ रहन्छः अध्यक्ष नेपाल
पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाल एक साता लामो युरोप भ्रमण बाट स्वदेश फर्केने क्रममा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मिसँग आफ्नो भनाइ राख्नुहुँदै । तस्बिर: हरिराम भेटुवाल/रासस

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारको ललिता निवास जग्गा प्रकरणको छानविन प्रक्रियामा पूर्ण रुपले सहयोग गर्ने बताएका छन्।

युरोपमा भएका पार्टी सम्बद्ध विभिन्न कार्यक्रममा सहभागी भई सोमबार स्वदेश फर्किएका पूर्व प्रधानमन्त्री एवं अध्यक्ष नेपालले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै ललिता निवास जग्गा प्रकरणमा आफुले कुनै गल्ती नगरेको भन्दै अनुसन्धानमा पूर्ण सहयोग रहने बताए।

उक्त जग्गाको सवालमा भ्रष्टाचार वा लेनदेन आफुले केही नगरेकाले आतिनुपर्ने कुनै अवस्था नरहेको उनको भनाई छ।

उनले देशका लागि केहि गरौ भन्दा आफुलाई खुसी र गर्व लाग्ने बताउँदै बिभिन्न देशको भ्रमण गर्ने कार्यक्रम रहेपछि आफुलाई जोडेर बिभिन्न बिषय उठाएकाले भ्रमण कार्यतालिका छोट्याएर बीचमै फर्किएको जानकारी दिए।

विवादस्पद ललिता निवासको जग्गा हिनामिनाको विषयमा प्रहरीको अनुसन्धान व्यूरोले केही बहालवाला उच्चपदस्थ कर्मचारीदेखि शंकास्पद व्यक्तिहरुलाई हिरासतमा लिएर अनुसन्धान जारी राखिरहेकै बेला केही दिनअघि सर्वोच्च अदालतले उक्त विषयमा निर्णायक भूमिका निर्वाह गर्ने मन्त्रिपरिषद र त्यसका सदस्यमाथि पनि अनुसन्धानको बाटो खोलिदिएपछि अध्यक्ष नेपाल पनि विवादमा तानिएका थिए।

जसको कारण विदेश भ्रमणमा गएका नेपाललाई सरकारले विदेश जाने अनुमति दिएर नेपाललाई बचाउन खोजेको आरोप समेत कतिपय सांसदहरुले सदनभित्रै लगाएका थिए।

त्यस्तै अध्यक्ष नेपालले सुन तस्करी प्रकरणमा अर्को छानविन समिति गठनको बिषयमा लगातार सदन अवरुद्ध गर्नु उचित नभएको बताए।

आउँदो भदौ १ गतेसम्मका लागि विदेशका कार्यक्रममा सहभागी हुन युरोप पुगेका अध्यक्ष नेपाल भ्रमण छोट्याएर स्वदेश फर्किएका हुन्।

उनी यही साउन २२ गते पार्टी सम्बद्व विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका थिए।

 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update