हिमाल दैनिक
सभापति र महामन्त्री अलग ध्रुबका हुँदा पार्टी चल्न सकेनः शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र विद्यमान बहुपदीय प्रणालीको कारण पार्टी संचालनमा प्रभावकारिता आउन नसकेको बताएका छन्।

पार्टी नेता कोइरालाले काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीपी कोइरालाको पालादेखि सभापतिय प्रणालीबाट चलिआएको पार्टी पछिल्लो समयमा बहुपदीय प्रणालीमा जाँदा सभापति र महामन्त्रीबीचको टकराबको स्थितिले पार्टी गतिशीलतामा असर परेको बताए।

सभापतिले? अनि वडा सभापति आफैँ नेतृत्वमा आउन चाहेपछि उसले आफ्नैलाई बाड्छ भने कसरी सम्भव होला? यसबारे गम्भीर बहसका रुपमा अगाडि बढ्नु जरुरी छ।

‘अहिले कांग्रेसभित्रको कुरा गर्दा, सभापति र दुई जना महामन्त्री दुई ध्र्रुबमा बाँडिनु भएको छ। अनि पार्टी चल्छ कसरी? हामीले सोचेका छौँ कहिल्यै? यतातिर पनि हामीले सोच्नु पर्ने आवश्यकता छ। सभापतिय प्रणाली हो भने, त्यही हिसाबले हामी हिँड्नु पर्यो, होइन भने हामीले अर्कै कुनै उपाय खोज्नु पर्दछ। पार्टी संचालनका लागि यो जरुरी छ,’ कोइरालाले भने।

पार्टी स्थापनाकालदेखि ५ दशकसम्म पार्टी सभापतिय प्रणालीबाट चल्दै आएपनि कांग्रेसको ११औं अधिवेशन पश्चात तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको कार्यशैलीमा लगाम लगाउने उद्देश्यले पार्टीभित्र सभापतिका अतिरिक्त एक महामन्त्री र एक कोषाध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था सुरु भएको थियो।

पार्टीको १३औं महाधिवेशन पश्चात बसेको कांग्रेस महासमिति बैठकमा कतिपय प्रभावशाली नेताहरुले आफ्नो भविश्यको पद सुरक्षित गर्ने उद्देश्यका साथ पार्टीभित्र चर्किएको विवाद मत्थर पार्ने नाउँमा उपसभापति र महामन्त्री पदमा पनि दुई दुई जना मात्र निर्वाचित गर्ने होइन, सहमहामन्त्रीको पदमा पनि जनसंख्याको आधारमै ८ पदको श्रृजना गरिएको छ। यसका बाबजूद पनि पार्टी गतिशील हुन भने सकिरहेको छैन।

त्यस परिस्थितिको जानकार कोइरालाले भने, ‘पहिले बीपी कोइरालाको पालामा प्रेसिडेन्सियल सिस्टममाबाट चलिरहेकेो थियो। अहिले बहुपदीय भएको छ। खराब भन्दिन म बहुपदीय प्रणालीलाई। तर, त्यो मेक्यानिज्म बनाउने कसरी? त्यो मिलिरहेको देख्दिन यसले पनि हामीहरुलाई बिगारी राखेको छ।’  

यसका अतिरिक्त कतिपय कोइराला निकट नेता, कार्यकर्ताहरुले पार्टीभित्र प्रत्यक्ष निर्वाचित नेतृत्व अथवा तलैदेखि क्रियाशील सदस्यको मतबाट सबै तहको नेतृत्व चयन गर्ने बहस चलिरहेको बेला नेता कोइरालाले यसबारे पनि गम्भीर बहस गरी यसका सबल र दुर्बल पक्षबारे सोच्न आग्रह गरे।

उनले भने, ‘तलैदेखि क्रियाशील सदस्यको खुला मतका आधारमा नेतृत्व चयनको विषयमा यो कालन्तरमा सम्भव भयो वा हुन सक्यो भने राम्रै हुन सक्ला। तर, क्रियाशील सदस्य कसले वितरण गर्ने? सभापति वा वडा सभापतिय प्रणाली हो भने त्यो हामीले  असर परेको  विषयमा गम्भीर भएर सोचौँ।’

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update