हिमाल दैनिक
इजरायलमा अलपत्र २५३ नेपालीलाई लिएर स्वदेश फर्किए परराष्ट्र मन्त्री साउद

इजरायलमा सुरु भएको आतकंकारी हमास समूह र इजरायली सैनिकबीचको युद्दको चपेटामा परी अलपत्र परेका २५३ नेपाली नागरिकलाई लिएर परराष्ट्रमन्त्री एनपी साउद नेपाल हिँडेका छन्।

गत शनिबार हमासको आतंकारी आक्रमण पश्चात उत्पन्न तनाव र अनिश्चियको भूमरीमा अत्तालिएका नेपालीहरुलाई स्वदेश फिर्ता गर्न आजै बिहान मात्रै नेपाल वायुसेवा निगमको जहाज लिएर इजरायलको अन्तरौष्ट्रिय विमानस्थल तेल अभिभ पुगेका परराष्ट्र मन्त्री साउदले अपरान्ह स्वदेश फर्किन चाहने २५३ जना नेपालीलाई लिएर उडेका हुन्।

परराष्ट्र मन्त्रीको निजी सचिवालयका अनुसार, मन्त्री साउदसहित तेल अभिभ पुगेको राष्ट्रिय ध्वजाबहाक विमानमा अध्ययन तथा कामका लागि इजरायल पुगेका नेपाली युवा, युवतीहरुलाई अपरान्ह तेल अभिभस्थित विमानस्थलमा मन्त्री साउदले अभिभावकीय भूमिका निर्वाह गर्दै स्वागत गरे।

करिब दुई घण्टा लामो समय लगाएर विमानमा चढेका नेपालीहरुलाई लिएर तेल अभिभबाट उक्त विमान भर्खरै उडेको छ। उक्त विमान आजै राती १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नसक्ने बताइउको छ।

387323146_285113787777472_5308868692566389446_n1697109637.jpg

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update