हिमाल दैनिक
इजरायलबाट फर्किएका थप १८ जना नेपाली दिल्लीबाट नेपाल आउँदै
file photo

इजराइलमा भएको आतंकारी हमलापश्चात उत्पन्न जटिल परिस्थितिबाट त्रसिद बनेका १८ जना थप नेपालीहरु सुरक्षित रुपमा भारतहुँदै नेपाल आउँदैछन्।

मंगलबार इजराइलस्थित नेपाली राजदूतावासले भारतीय दूतावासँगको समन्वयमा भारतीय विमानमार्फत उद्दारगरी नयाँदिल्ली आइपुगेका नेपाली नागरिकलाई नयाादिल्लीस्थित नेपाली दूतावासले उनीहरुलाईनेपाल पठाृने व्यवस्था मिलाएको हो।

यसरी सुरक्षित रुपमा नयाँ दिल्ली आइपुगेका नेपालीहरुमध्ये ७ जनालाई दिल्लीस्थित दूतावासले रिजर्भ बसमार्फत कञ्चनपुर पठाएको र ८ जना युवाले काठमाडौंका लागि आफै टिकट काटिसकेको दिल्लीस्थित दूतावासले जनाएको छ। उनीहरुमध्ये ३ जनाले आफ्नै तरिकाले स्वदेश फर्किने भनि जनाएको र एकजनाले आफन्तसँग भेट गर्न मुम्बई गएको पनि बताइएको छ।

करिब १२ दिनअघि पेलिस्टाइनी मुस्लिम आतंकारी समूह हमासले इजराइलमा गरेकोे भिषण आक्रमण र तत्पश्चात इजाराइलले सुरु गरेको गाजा स्ट्रिपमाथिको सैन्य कारबाहीबाट उत्पन्न त्रासदीपूर्ण स्थितिबाट भयभित बनेका करिब ५ सय नेपालीले स्वदेशे फर्किन दूतावासमार्फत आग्रह गरेका थिए।

उनीहरुको आग्रहलाई नेपाल सरकारले सुनुवाई गर्दै गत मंगलबार नै परराष्ट्र मन्त्री एनपी साउदको नेतृत्वमा नेपाल वायुसेवा निगमको जहाज इजरायलको तेल अभिभ पुगेर त्यहाँ रहेका २५४ जना नेपालीलाई सकुशल स्वदेश फिर्ता गरेको थियो।

उनीहरुमध्ये बाँकी रहेका नेपालीमा थप १८ जना नेपालीमध्ये ४ जना विद्यार्थी, १३ कामदार र १ जना पर्यटन भिसामा इजरायलमा रहेका नेपालीलाई मंगलबार भारतीय विमानमार्फत नयाँ दिल्ली ल्याइएको थियो।

सो घटनामा परी निधन भएका १० जनामध्ये पहिचान भएका ५ शवको कानूनी प्रक्रिया पूरा गरी २÷३ दिन भित्र नेपाल पठाउने गरी तयारी भइरहेको छ भने अन्य शवको पहिचानको काम भइरहेको छ। साथै, उपलब्ध सम्पूर्ण संयन्त्र÷माध्यमहरुको प्रयोग गरी सम्पर्क विहिन रहेका विपिन जोशीको खोजी कार्यलाई अझै तीब्र पारिएको छ परराष्ट्र मन्त्रालयले जनाएको छ।
 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update