बडादशै २०८० को टिकाको तेश्रो दिन बिहिबार पनि सनातन धर्मावलम्बी नेपालीहरुले मान्यजनबाट टीका जमरा थाप्न जाने क्रम जारी छ।
कार्तिक ७ गते विजयादशमीदेखि सुरु भएको टिका, जमरा र आर्शिवाद लिने क्रमले बुधबार जस्तै बिहिबार पनि निरन्तरता पाएको हो।
टाढा रहेका र टीकाको दिन जान नभ्याएकाहरु पूर्णिमासम्म टीका जमरा लगाई आशिर्वाद लिन मान्यजनकोमा जाने गर्छन्। नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिनेक्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ।
आफन्तकोमा दसैँको दिन टिका लगाउन छुटेकाले कोजाग्रत पूर्णिमा सम्मनै मान्यजनको हातबाट टिका लगाउन सक्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०
प्रतिक्रिया दिनुहोस्