हिमाल दैनिक
साढे ८ वर्षपछि सक्कियो सिंहदरबारको पुनःनिर्माणः नयाँ कार्यकक्षबाट नयाँ शैलीमा काम गर्ने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवलीकरण गरी पुनःनिर्माण गरिएको सिंहदरबारको भवन आज उद्घाटन गर्दै । विसं २०७२ को भूकम्पले सो भवनमा क्षति पु¥याएको थियो । तस्बिरः प्रदीपराज वन्त/रासस

आजभन्दा करिब साढे ८ वर्षअघिको विनाशकारी महाभुकम्पले क्षतविक्षत भएको देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पुनःनिर्माण कार्य सम्पन्न भएपश्चात बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्रीको पुरानै कार्यकक्षमा सरेका छन्।

PM Dahal entered into new office1700641883.jpg

(प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवलीकरण गरी पुनःनिर्माण गरिएको सिंहदरबारको प्रधानमन्त्री कार्यकक्षमा बुधबार प्रवेश गर्नुहुँदै  । विसं २०७२ को भूकम्पले सो भवनमा क्षति पु¥याएको थियो । तस्बिरः प्रदीपराज वन्त/रासस)

सन १९०८ मा तत्कालिन राणा प्रधानमन्त्री चन्द्रशम्शेरले निर्माण गरेको प्रधानमन्त्रीको कार्यालय सिंहदरबारस्थित कार्यकक्षमा विशेष कार्यक्रमको आयोजना गर्दै बुधबार बिहान कार्यालय प्रवेश गरेका प्रधानमन्त्री दाहालले नयाँ कार्यकक्षबाट नयाँ शैलीमा सरकारका कामकारबाही अघि बढाउने घोषणा समेत गरे।

विसं २०७२ को भूकम्पले क्षति पुगेको उक्त भवनको पुनःनिर्माण कार्यलाई शहरी विकास मन्त्रालयले तदारुकताकासाथ सम्पन्न गरेलगत्तै प्रधानमन्त्री  दाहालले सोहि भवनबाट काम गर्न गरेका हुन्।

सो क्रममा प्रधानमन्त्री दाहालले सिंहदरबारको पछिल्लो भागबाट अघिल्लो भागमा सरेको र कामको प्रकृति पनि नयाँ ढंगले अघि बढ्ने संकल्प व्यक्त गरे।

करिब ११५ वर्ष पुरानो भवनको मूल संरचनालाई जस्ताको तस्तै राखेर भूकम्पबाट भएको क्षतिपछि रेट्रोफिटिङ पुरा भएको उनले बताए।

उक्त कार्यक्रममा ऐतिहासिक पृष्ठभूमि बोकेको सिंहदरबार पुनःनिर्माणमा शहरी विकास मन्त्री सीता गुरुङको विशेष सक्रियता रहेको उल्लेख गर्दै उक्त कार्यमा सहयोग गर्ने सवैलाई धन्यवाद पनि दिए।

साथै उनले पुनःनिर्माण पश्चात बनेको नयाँ कार्यकक्षबाट सुरु भएको नयाँ शुभारम्भले नयाँ गति पक्रने र एकतावद्ध हुन मद्धत पुग्ने धारणा व्यक्त गरे।
०७२ वैशाख १२ गतेको विनाशकारी भुकम्पबाट प्रधानमन्त्रीको कार्यालय सिंहदबार क्षतिग्रस्त बनेपछि तत्काल उक्त कार्यालय सिंहदबार परिसरमै रहेको हालको गृहमन्त्रालयको कार्यालयमा सारिएको थियो।

शहरी विकास मन्त्रालय र पुनःनिर्माण प्राधिकरणले सिंहदबारको मुख्य भवनको पुनःनिर्माण प्रक्रिया क्रमशः गर्दै गलेपछि केही वर्ष अघिमात्रै प्रधानमन्त्रीको कार्यालय पुरानो सिंहदरबारको पूर्वपट्टिको भागमा सारिएको थियोे।

सिंहदरबारको मुख्य भवनको पुनःनिर्माण कार्य सम्पन्न भएपश्चात प्रधानमन्त्रीको कार्यालय पुरानै कार्यकक्षमा रहने गरी सारिएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update