हिमाल दैनिक
नेपाल/भारत संयुक्त आयोगको सातौँ बैठक सुरु
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक काठमाडौँस्थित होटल याक एण्ड यतिमा सुरु । बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा एस जयशङ्करसहित प्रतिनिधिमण्डल सहभागी हुनुहुन्छ । तस्बिर सौजन्यः परराष्ट्र मन्त्रालय/रासस

नेपाल(भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक यहाँ सुरु भएको छ ।

बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा एस जयशङ्करले आ-आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ ।
    
भारतीय विदेशमन्त्री डा जयशङ्कर दुई दिने भ्रमणका क्रममा आज नेपाल आइपुग्नुभएको हो ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update