वाग्मती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनका चारै उम्मेदवार भारी मत अन्तरले विजयी भएका छन्।
आज सम्पन्न निर्वाचनको पछिल्लो मतगणना परिणाम अनुसार, चार सिटका लागि भएको निर्वाचनमा अन्य र महिलातर्फ गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्ेमदवारद्वय जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी विजयी भएका छन् भने अपांगतर्फ गठबन्धनकै सहयोगमा माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी र दलित तर्फ नेकपा (एकीकृत समाजवादी)का घनश्याम रिजाल विजयी भएका हुन्।
अन्य समूहमा बस्नेतले ६ हजार ५३१, महिलातर्फ पुडासैनीले ६ हजार ६२२, अपांगतर्फ अधिकारीले ६ हजार ३८३ र दलिततर्फ रिजालले ६ हजार ५१२ मतभार प्राप्त गरे।
महिलातर्फ एमालेकी रोचकुमारी चौलागाईले २ हजार ५५२ मतभार, दलिततर्फ ध्रुवराज बिकले तीनहजार ५२ , अपांगतर्फ त्रिलोचन निर्मल पौडेलले दुई हजार ७३४ मत, अन्यतर्फ विवेक देवकोटाले दुई हजार ३५९ मतभार प्राप्त गर्दैै पराजित भए।
यसैगरी लुम्बिनी र कर्णाली प्रदेशमा पनि गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सबै प्रत्यासी विजयी भएका छन्।