हिमाल दैनिक
कान्तिपुरका अध्यक्ष सिरोहिया कार्यकक्षबाटै पक्राउ

सरकारले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुरस्थित कार्यालयबाट पक्राउ गरेको छ।

नागरिकताको मुद्दा उछालेर प्रहरी प्रशासनले माग गरेबमोजिम धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्न अनुमती दिए लगत्तै मंगलबार अपरान्ह सिरोहियालाई कान्तिपुर कार्यालयबाट पक्राउ गरेको हो।

प्रहरीले उनलाई पक्राउ गरेलगत्तै अहिले धनुषा लगिएको छ।

सरकारले प्रहरी परिचालन गरि पक्राउ गरेपछि सिरोहियाले सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्न भएको समाचार प्रकाशन गरेको प्रतिशोधमा राज्यले बदला लिने दुस्साहस गरेको आरोप लगए।

सहकारी ठगीमा संलग्न लामिछाने जसले दुई देशको नागरिकता र राहदानी लिएका छन् उनैले समाचार लेखेको भरमा मिडियामाथि दमन गर्न खोजेपनि आफू नतर्सिने बताए।
सिरोहियाले आफूले कुनै गल्ती नगरेको दाबी गर्दै दुईवटा नागरिकता र राहदानी बोक्ने लामिछानेलाई पनि पक्राउ गरि कारबाही गर्न सरकारलाई चुनौति दिए। 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update