हिमाल दैनिक
बजेट संसदबाटै ल्याउने कि अध्यादेशबाट भन्नेबारे प्रधानमन्त्री दाहाललाई नै पत्तो छैन!

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको गतिरोध अन्त्यगरी संविधान बमोजिम नियमित प्रक्रियाबाट सरकारको वार्षिक बजेट आउने÷नआउने स्पष्ट जवाफ दिन असफल भएका छन्।

प्रतिनिधि सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विभिन्न माग राख्दै सदन घेराउ र नारावाजी जारी राखेकै समयमा मर्यादापालकहरुको परिचालन गर्दै चलेको प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री दाहालले गोलमटोल जवाफ दिएर थप राजनीतिक तथा संवैधानिक अन्यौलता बढाएका हुन्।

विपक्षीकै नाराबाजीबीच सरकारको आगामी वार्षिक नीति तथा कार्यक्रममाथि चलेको छलफलका क्रममा उठेका प्रश्नको स्पष्टिकरण दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री दाहालसँग नेमकिपाका सांसद प्रेम सुवालले सरकारले सदनमा जारी अवरोधप्रति लक्षित गर्दै अवरोध अन्त्यको अवस्था नदेखिएको अवस्थामा सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेट अध्यादेशबाट आउँछ कि नियमित प्रक्रियाबाट भनि प्रश्न उठाएका थिए।

जवाफमा प्रधानमन्त्री दाहालले माननीयको प्रश्नप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै संसदमा विपक्षीको अवरोधका बाबजूद मर्यादापालक परिचालन गरी जारी बैठकमा गतिरोध अन्त्य नभए सरकारको नीति तथा कार्यक्रममाथिको छलफल र पारित गर्ने प्रक्रियाबाट भएपनि आउँछ अथवा सरकारले संसद अधिवेशन अन्त्य गरी संविधानमा व्यवस्थै नभएको अध्यादेशबाट आउँछ भनि स्पष्ट जवाफ दिन पनि सकेनन्।

त्यसका बाबजूद आजको संसदमा सरकारको नीति तथा कार्यक्रम होहल्लाकैबीच पारित गरेको घोषणा गरेका सभामुख देवराज घिमिरेले संविधान बमोजिम जेष्ठ १५ गते सरकारका अर्थमन्त्रीले सरकारको आगामी आर्थिक वर्षको वार्षिक बजेट पेश गर्ने कार्यक्रमबारे जानकारी दिँदै आजको बैठक स्थगित गरे।
 

 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update