हिमाल दैनिक
संघीय संसदमा अर्थमन्त्रीले अपरान्ह ३ बजेदेखि बजेट भाषण गर्दै

सरकारको आगामी आर्थिक वर्षको आय÷व्यय विवरण (वार्षिक बजेट) भाषणको समय दुई घटा पछि सरको छ।

संविधानको प्रावधान बमोजिम संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते अनिवार्य रुपले अर्थमन्त्रीले प्रस्तुत गर्ने वार्षिक बजेट भाषणको समय आजै अपरान्ह १ बजेका लागि तय भएकोमा सरकारको आग्रहमा सभामुख र संसद सचिवालयले अपरान्ह ३ बजेका लागि सारेको छ।

संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले प्रकाशित गरेको सूचना अनुसार, राष्ट्रिय सभा अध्यक्षसँगको परामर्शपछि सभामुखले आजको संयुक्त बैठक अपरान्ह ३ बजेका लागि निर्धारण गरेका हुन्।

विगत केही वर्षदेखि सरकारले नियमित रुपमा चालु खर्चको तुलनामा पूँजीगत खर्च अत्यन्त न्यून रकम छुट्याउँदै ऋणात्मक बजेट प्रस्तुत गर्दैआएको छ। यसवर्ष पनि त्यो क्रम नरोकिने स्थितिमा योजना आयोगले सरकारलाई १८ खर्ब रुपैयाँ भन्दा माथिको बजेट प्रस्तुत नगर्न सुझाव दिइसकेको छ।

सोही आधारमा सरकारले आजै बस्ने मन्त्रिपरिषदको बैठकबाट आगामी आर्थिक वर्षको बजेट अनुमोदन गरेपश्चात अर्थमन्त्री वर्षमान पुनले उक्त बजेट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने छन्।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update