हिमाल दैनिक
अध्यक्ष नेपाललाई कहिले यता, कहिले उता आफूहरुले नै गराएको दाहालको स्पष्टिकरण

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको विषयमा २४ घण्टा नबिन्दै कुरा फेरेका छन्।

सत्ता साझेदार दल नेकपा एसका अध्यक्ष नेपालले बुधबार विपक्षी दलका नेताहरुको बैठकमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेको विषयमा बिहिबार विराटनगरमा व्यक्त गरेकेो प्रतिक्रिया भन्दा बेग्लै प्रतिक्रिया शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकमा दिएर सबैलाई अचम्मित पारिदिएका छन्।

कांग्रेस सभापति देउवासँग निरन्तर भेटवार्ताका क्रममा रहेका अध्यक्ष नेपालको कारण सत्ता समिकरणमा गडबढी आउने आशंका बढिरहेकै बेला त्यसलार्इृ चिर्ने क्रममा प्रधानमन्त्री दाहालले सरकारको स्थायित्वमा कुनै समस्या नभएको बताएका हुन्।

शुक्रबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा आफ्ना सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले सरकार सहज ढंगले अघि बढिरहेको भन्दै वर्तमान सत्ता समिकरणमा कुनै समस्या नरहेको बताएका थिए।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार, दलको बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सत्ता समिकरणमा रहेका दलका नेताहरसँग सल्लाह गरेर नै देउवा निवास बुढानिलकण्ठ गएको भन्दै यसलाई स्वभाविक रुपमा लिन आग्रह गरेका थिए।

मधेस प्रदेश सरकारको विषयमा देउवाले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पाटीका अध्यक्ष महन्थ ठाकुरसँग गरेको छलफलका क्रममा नेकपा एसका अध्यक्ष नेपाल पनि सहभागी भएको विषयले सत्ता साझेदार दलभित्र आशंका उब्जिएको थियो।

त्यसलगत्तै बिहिबार एक कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रधानमन्त्री दाहालले पत्रकारहरुसँग कुरा गर्दै आफूले बिहिबार बिहानै अध्यक्ष नेपालसँग कुराकानी गरेर नेपालको कित्ता क्लियर गरेको बताएका थिए।

दाहालले नेपालको यतापनि उतापनि जोडिने माधवजीको स्वभावबाट सरकारको स्थायित्वमा संकट आउँदैनः प्रम दाहाल कहिले यता त कहिले उता गर्ने खालको स्वभाव भएपनि यसबाट सत्ता समिकरणमा कुनै असर नपर्ने उल्लेख गर्दै यसबारे नेता नेपालले आफूसँग वर्तृमान सत्ता समिकरणकै पक्षमा रहेको जानकारी दिएको बताएका थिए।

तर, शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकमा भने बिहिबारको प्रतिक्रिया भन्दा ठिक उल्टो भनाई राख्दै सत्ता समिकरणको सल्लाहमा नै नेता नेपाल बुधबार देउवा निवासमा पुगेको स्पष्टिकरण दिएको प्रमुख सचेतक पाण्डेल बताए।

त्यस्तै प्रधानमन्त्री दाहालले जनतामा उत्साह जगाउने गरि बजेट आएको उल्लेख गर्दैै सदनमा बजेटको छलफलमा सक्रिय रुपमा सहभागीता जनाउँन र बजेटको पक्षमा दह्रोसँग आफ्ना विचार राख्न सांसदहरुलाई निर्देशन दिएको पाण्डेले बताए।

बैठकमा १२ जना सांसदहरुले बजेटका बिषयमा धारणा राखेको र अर्थमन्त्री बर्षमान पुनले बजेटका मुलभूत पक्षमा जानकारी गराएको प्रमुख सचेतक पाण्डेले जानकारी दिए।

 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update