हिमाल दैनिक
संसद भवनको शौचालयमा मृत अवस्थामा भेट्टिए एक प्रहरी जवान

संघीय संसदको सुरक्षार्थ खटिएका एक प्रहरी जवान मृत फेला परेका छन्।

नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवान अजित गोले संसद परिसरस्थित शौचालयमा मृत अवस्थामा बुधबार बिहान फेला परेका हुन्।

उनले शौचालयमा पसेर आफ्नो राइफलबाट निधारमा गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ।

गोली पड्केको आवाज सुनेपछि सुरक्षामा खटिएका अन्य सुरक्षाकर्मीले शौचालयमा गएर हेर्दा आफैलाई गोली हानी मृत अवस्थामा भेटिएको प्रहरीको भनाछ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update