हिमाल दैनिक
युरोप भ्रमण सकेर स्वदेश फर्किए राष्ट्रपति पौडेल

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरि राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन्।

युरोपको भ्रमण सकेर बुधबार बिहान स्वदेश फर्किएका राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल लगाएत विभिन्न निकायका प्रमुख तथा पदाधिकारीले स्वागत गरेका थिए।

राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारत सलामी अर्पण गरेको थियो।

राष्ट्रपति पौडेल गत जेठ २९ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जेनेभामा आयोजना गरेको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ उच्चस्तरीय बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए।

उक्त सम्मेलनमा सहभागी भई पौडेल असार १ गते सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणमा गएका थिए।

जर्मनीमा रहँदा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरबारे अनुसन्धानका साथै यो असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन आग्रह गरेका थिए।

स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उदघाट्न सत्रलाई जेठ ३१ ग्ते राष्ट्रपति पौडेलले मूख्य वक्ताका रुपमा सम्बोधन गरेका थिए।

त्यस्तै दुई देशको भ्रमणका क्रममा बिभिन्न कार्यक्रममा राष्ट्रपति सहभागी भई आपसी हितका विषयमा आफ्ना धारणा राखेको परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले जानकारी दिइन्।

भ्रमणले बदलिदो परिवेशमा नेपालको सम्बन्ध विश्वस्तरमा विस्तार र सुदृढ गर्न महत्वपूर्ण सन्देश प्रवाह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update