हिमाल दैनिक
निर्वाचन आयोगको प्रस्तावित आयुक्त प्रधानविरुद्ध सुनुवाई समितिमा ४ वटा उजुरी दर्ता

निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध संसदीय सुनुवाई समितिमा चारवटा उजुरी परेको छन्।

सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाई समिति बैठकमा प्रधानविरुद्ध चारवटा उजुरी परेको जानकारी दिइएको हो। उक्त उजुरीका सम्बन्धमा आगामी असार २० गते सुनुवाई हुने समिति सभापति पशुपतिशम्सेर जवराले जानकारी दिए।

बैठकले सुनुवाईका लागि प्रस्तावित कार्यतालिकालाई परिमार्जनसहित पारित गरिएको जवराले बताए।
संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो भने त्यसपछि समितिले प्रधानविरद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो।

विगत लामो समयदेखि नेपाल ल सोसाइटी नामक गैरसरकारी संस्थाको कार्यकारी निर्देशकको रुपमा क्रियाशील प्रधानको विरुद्धमा दुई वटा उजुरी उनको व्यक्तिगत चरित्रसँग सम्बन्धित अर्थात एक महिलासँगको सम्बन्धका विषयमा छन् भने अन्य दुई उजुरीको विषयमा समितिले कुनै जानकारी बाहिर ल्याएको छ।

गैरसरकारी संस्थामा क्रियाशील रहँदा विदेशी दातृ संस्थाहरुको सहयोगमा विभिन्न कार्यक्रम गर्ने, गराउने गतिविधिमा सक्रिय रहँदै आएका प्रधान पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठदेखि चोलेन्द्र शम्शेर राणासम्मै अत्यन्त निकटस्थ व्यक्तिका रुपमा परिचित छन्।

जसले श्रेष्ठदेखि राणासम्मको नियुक्तिपूर्व संसदीय सुनुवाई समितिको सुनुवाई प्रक्रियामा विनारोकटोक उपस्थित रहेर समितिको निर्णय औपचारिक रुपमा सार्वजनिक हुनुपूर्व नै समितिकै बैठक कक्षबाट सम्बनिधत उम्मेदवारका आफन्तलाई बधाईसहितको जानकारी दिने गर्दथे।

सुनुवाई समितिका ‘व्याक बेञ्चर’ कृष्णमान प्रधान स्वयं सुनवाईका लागि अगाडि उभ्भिँदै!

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update