हिमाल दैनिक
एमालेसँगको सहमति पत्रमा कांग्रेस कार्यसम्पादन समितिको लालमोहर

नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि एमालेसंग भएको पछिल्लो सहमतिलाई अनुमोदन गरेको छ।

बुधबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमालेसंग भएको सहमतिको स्वागत गर्दै अनुमोदन गर्ने निर्णय गरेको हो।

बैठकले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह समेत गरेको छ। सहमति अनुसार राष्ट्रिय सहमतिय सरकारको नेतृत्व पहिले एमाले अध्यक्ष केपी शर्मा ओली र दाश्रो कार्यकाल सभापति देउवाले आगामी निर्वाचन सम्पन्न नभएसम्म गर्ने प्रवक्ता. प्रकाशशरण महतले जानकारी दिए।

उनले राजनीतिक स्थीरताका साथै मुलुकमा सुशासन र समृद्धिका लागि एमालेसंग सहकार्य गरी अघि बढ्ने निर्णय भएको बताए।

प्रवक्ता महतले संविधानको सफल कार्यन्वयनका लागि आवश्यक संशोधन र सुधारका लागि सबै दलहरुसंग सघन छलफल गरिने जानकारी दिए।

कांग्रेस–एमालेबीच सरकार गठनको सहमति भएपछि अल्पमतमा परिसकेका प्रधानमन्त्री दाहालले स्वभाविक रुपमा मार्गप्रसस्त गर्नुपर्ने उनको भनाई भनाइ छ।

त्यस्तै कांग्रेस मुख्य सचेतक रमेश लेखकले साना दल मिरेर सरकार बनाउँदा मुलुममा अस्थीरता देखिएको भन्दै ठूला दलहरु मिलेर सरकार बनाउनु व्यवहारिक देखिएको दाबी गरे।

आवश्यकता अनुसार संविधान संशोधन गरेर अहिलेको व्यवस्थालाई सुदृढ बनाउनका लागि ठूला दलहरु एकठाँउमा आउनुपर्ने भन्दै उनले अहिलेको सहमतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने दृढता रहेको बताए।

त्यस्तै कांग्रेस कार्यसम्पादन बैठकले पार्टीका भातृसंगठनको म्याद थप गर्ने सभापतिको निर्णयलाई अनुमोदन गरेको छ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update