हिमाल दैनिक
निर्वाचन आयोगमा नियुक्तिको सिफारिसमा परेका प्रधानविरुद्धको उजुरीले सुनुवाई प्रभावित

निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिका लागि संवैधानिक परिषदबाट सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाई केहि दिनका लागि रोकिएको छ।

सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाई समितिले उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाईका लागि थप समय लिने निर्णय गरेको समिति सभापति पशुपतिशम्सेर जवराले जानकारी दिए।

निर्वाचन आयोगको प्रस्तावित आयुक्त प्रधानविरुद्ध सुनुवाई समितिमा ४ वटा उजुरी दर्ता

प्रधानबिरुद्ध चार वटा उजुरी परेकोमा समितिले बिहीबार उजुरीकर्तासंग छलफल गरेको थियो। उजुरीकर्ताको आग्रहमा गोपनियता कायम गरि गरिएको छलफलका क्रममा नियुक्तिका लागि सिफारिसमा परेका प्रधानका बारेमा गम्भीर बिषयहरु उठेकाले त्यसमा अध्ययन गर्न थप समय लिने र त्यसपछिमात्रै सुनुवाई गर्ने सभापति जवराले बताए।

नेपाल ल सोसाइटी नामको गैरसरकारी संस्थामा आबद्ध हुँदै संसदभित्र, बाहिर र न्यायालय क्षेत्रभित्र गैरसरकारी संस्थाको सहयोगमा विभिन्न गतिविधिमा क्रियाशील प्रधानबिरुद्ध यौन दुव्र्यवहार लगाएतका उजुरी परेका छन्। संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update