हिमाल दैनिक
दाहालकै अस्थिर स्वभावकाकारण कांग्रेस–एमालेबिच सहमति बन्यो, त रोइलो किन?

नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेमाथि अविश्वास गरेका कारण अहिलेको परिस्थिति आएको दावी गर्नुभएको छ ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बिशेष समयमा बोल्दै भट्टराईले बर्तमान सरकारलाई सहज रुपमा अघि बढाउन एमालेले सकारात्मक भूमिका खेलेपनि एमालेलाई धोका दिने काम भइरहेको सूचना प्राप्त भएपछि नयाँ सत्ता समिकरणको गर्ने निर्णय भएको दाबी गरे।

प्रधानमन्त्री दाहालको व्यक्तिगत स्वभावप्रति कटाक्ष गर्दै उनले दाहालको अस्थिर स्वभावकै कारण विगत केही वर्षयता कहिले कुनै दलसँग त कहिले अर्को दलसँग नजिकिने र अर्कोसँग टाढिने क्रमले गर्दा सरकार र व्यवस्थाप्रति जनविश्वास गुम्दैगएको आरोेप लगाए।

उनले एमालेसंग छलफल नगरि कांग्रेससंग राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गरेको र त्यसका कारण सत्ता साझेदार बदलेर आफ्नो सत्ता केही समय लम्ब्याउने तर मुलुकको समस्या जहाँको त्यही रहने स्थिति देखिएकाले एमालेले कांग्रेससंग गम्भीर भएर छलफल गरेको स्पष्टिकरण दिए।

भट्टराईले अहिलेको अवस्थामा माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने भएकाले कांग्रेसको प्रस्ताव अनुसार नयाँ सत्ता समिकरण बनाइएको जिकिर गरे।

उनले मुलुकलाई सुशासनतर्फ अघि बढाउन, आर्थिक बिकासको बाटोतर्फ मुलुकलाई अघि बढाउन र संविधानको सफल कार्यान्वयनका लागि एमाले गम्भीर निर्णय लिएको भन्दै सदनमा आक्रोश पोखेर अब केहि नहुने तर्क गरे।

एमालेले समर्थन फिर्ता लिएर प्रधानमन्त्री घोर अल्पमतमा परेको भन्दै मार्गप्रसस्त गर्न उनले सुझाव दिए।

उनले विश्वासको मत दिनका लागि २८ गतेसम्मको समय लिनुपर्ने कुनै कारण नरहेको दाबी गर्दै दुई पार्टीको निर्णयलाई सम्मान गर्दै सदनबाटै राजीनामाको घोषणा गर्नु प्रधानमन्त्री दाहालका लागि उचित हुने सुझाव दिए।

 

 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update