हिमाल दैनिक
त्रिशुलीमा वेपत्ता दुई गाडी र यात्रु खोज्न सुरक्षाकर्मीको परिचालन

चितवनको नारायणगढ मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाउँदा वेपत्ता भएका दुई वटा बस र यात्रुको खोजिमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज बिहान दुईवटा बस नदीमा खसेपछि वेपत्ता भएका यात्रुसँगै बसको खोजी कार्य बिहानदेखि नै सुरु भएको हो।

काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस बिहान करिब ३ बजेतिर पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए। दुई बसमा ६५ जना यात्रु तथा चालक रहेको बताइएको छ।

Narayangarh muglingh road landslide1720762231.JPG

अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको विपद सम्बन्धी तालिम प्राप्त टोलीसँगै नदीमा गोताखोर टोलीलाई डुङ्गामा परिचालन गरी खोजी कार्यको थालनी भएको छ।

त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको पनि प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update