हिमाल दैनिक
उपप्रधानमन्त्री सिंहलाई शुभकामना दिन भारतीय राजदूत सिंहदरबारमा

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

नयाँ सरकारको वरिष्ठ मन्त्री तथा सहरी विकास मन्त्रीमा नियुक्त भएलगत्तै सिंहदरबारमा मंगलबार भएको भेटवार्ताका क्रममा भारतीय राजदूत श्रीवास्तवले उपप्रधानमन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

सो क्रममा भारतीय सहयोगमा भइरहेको पुननिर्माणका कामका बारेमा समिक्षा भएको शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिए।

त्यस्तै नाकाहरुमा निर्माण भइरहेको एकीकृत जाँच चौकी निर्माणमा मन्त्रालयबाट भइरहेको कामका बारेमा पनि छलफल भइरहेको गेलालले बताए।

त्यस्तै भारतले नेपाललाई सहयोग गर्न सक्ने फोहरमैला व्यवस्थापन, नदिनालाको प्रदुषण न्यूनिकरणको क्षेत्रमा पनि सहकार्य गर्न सकिने भारतीय राजदूतले बताएका थिए।

सो क्रममा उपप्रधानमन्त्री सिंहले भारतले नेपाललाई गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा दुई देशबिचको सम्बन्ध अझ बलियो र सुमधुर बनाउँदै दुईपक्षिय आपसी सहयोगको निरन्तरता हुने आशा व्यक्त गरेका थिए।

 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update