हिमाल दैनिक
नवनियुक्त परराष्ट्र मन्त्री आरजु र भारतीय राजदूत श्रीवास्तवबिच भेटवार्ता

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नवनियुक्त परराष्ट्र मन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन्।

सत्ता गठबन्धनमा आएको फेरबदल लगत्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा नेपाली कांग्रेसको तर्फबाट परराष्ट्र मन्त्रीमा नियुक्त भई सोमबार पदबहाली गरेलगत्तै मंगलबार भारतीय राजदूत श्रीवास्तावले परराष्ट्र मन्त्री देउवासँग सिंहदरबारस्थित मन्त्रालयमा पुगी शिष्टाचार भेटवार्ता गरेका हुन्।

भारतीय राजदूतले नवनियुक्त परराष्ट्र मन्त्री देउवालाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल–भारतबिचको आपसी सम्बन्ध सुमधुर बनाउँदै आपसी सहयोग आदान–प्रदानकाबारेमा छलफल गरेको मन्त्री देउवाले बताएकी छिन्।

भारतीय राजदूत श्रीवास्तावसँगको भेटवार्ता पश्चात मन्त्री देउवाले आफ्नो फेसबुकमार्फत आज आफ्नो कार्यकक्षमा भारतीय राजदूत श्रीवास्तवसँग सौहाद्रपूर्ण भेटवार्ता भएको बताएकी छिन्।

साथै मन्त्री देउवाले भेटवार्ताका क्रममा नेपाल–भारतबिच विविध विषयमा छलफल गर्नुका साथै आपसी सम्बन्धलाई अझ बलियो बनाउने तथा आपसी सहयोग विस्तारको विषयमा पनि छलफल भएको जानकारी दिएकी छिन्।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update