हिमाल दैनिक
मंगलादेवी सिंह सामान्य व्यक्ति होइन, एउटा स्थापित संस्था नै हुनुहुन्थ्योः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको बिभिन्न परिवर्तनमा मंगलादेवी सिंहले निर्वाह गरेको भूमिकाको स्मरण गर्दै सिंह एक व्यक्ति मात्र नभई सिंगो संस्था नै भएको दाबी गरेका छन्।

बुधबार काठमाडौंमा नेपाल महिला संघको केन्द्रीय कार्यालय भवन निर्माणका लागि आयोजित शिलान्याश गर्दै सभापति देउवाले मंगलादेवी सिंह व्यक्ति मात्रै नभइ सिंगो संस्था भएको बताएका हुन्।

नेपालको राजनीतिक परिवर्तनका महत्वपूर्ण घटनामा नेतृत्वदायी भूमिका निर्वाह गरेकी मंगलादेवीको नाममा भवन निर्माण हुनु खुसीको कुरा भएको जिकिर उनले गरे।

देउवाले महिला संघले निर्माण गर्न लागेको नयाँ भवनको शिलान्याश मात्रै नभइ त्यसको निर्माण कार्य पनि समयमा नै सम्पन्न गर्नुपर्नेमा जोड दिए।

त्यस्तै उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले महिला अधिकार स्थापीत गर्नका लागि मंगलादेवी सिंहले खेलेको भूमिकालाई विर्सन नहुने बताए।

मन्त्री सिंहले संविधानबाट प्राप्त गरेको अधिकारहरुलाई सुदृढ बनाउनका लागि सवैले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा पनि राखे।

संघले अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न बहुप्रतिक्षित भवन निर्माण गर्न लागेको हो। नयाँ भवनमा संघमा स्थापनाकालदेखि आबद्ध भएका महिला नेताहरुको अनुसन्धान केन्द्रको रुपमा जीवनी झल्काउने तस्बिरहरु, इतिहास बोकेका संघर्षका तस्बिर राखिने बताइएको छ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update