हिमाल दैनिक
प्रधानमन्त्री ओलीद्वारा विश्वासको मत माग्ने प्रस्ताव संसदमा राख्दै

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत माग्ने प्रस्ताव पेश गर्दैछन्।

पुरानो सत्ता गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विस्थापित गर्दै गत साता संविधानको धारा ७६ को उपधारा २ बमोजिम नेपाली कांग्रेसको समर्थनमा देशको सत्ता सम्हालन पुगेका एमाले अध्यक्ष प्रधानमन्त्री ओलीले संविधानको धारा १०० को उपधारा २ बमोजिम संसदको विश्वास माग गर्दै आइतबारको प्रतिनिधि सभा बैठकमा प्रस्ताव राख्ने क्रम सुरु गरेका हुन्।

सभामुख देवराज घिमिरेले आज अपरान्ह बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत माग्ने प्रस्तावसहितको संक्षिप्त मन्तव्य दिन समय दिएपछि अहिले प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमो सरकार गठन गर्नु पर्नाको कारणसहित विश्वासको मात माग्न आफ्नो धारणा राखिरहेका छन्।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update