हिमाल दैनिक
सौर्य एयर विमान दुर्घटनामा परि निधन हुने यात्रुहरुको परिचय सार्वजनिक

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा अहिलेसम्म १८ जनाको निधन भएको छ।

सौर्य एअरलाइन्सको सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको जानकारी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले दिएको जानकारी अनुसार, प्राधिकरणका अनुसार अनुसार बिहान ११ बजेर ११ मिनेटमा पोखरा उडानको क्रममा उड्ने बितिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको थियो। दुर्घटनामा मृत्यु हुनेको शव महाराजगञ्ज अवस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पठाइएको छ।

उक्त जहाज उड्ने क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो। विमानमा सवार १८ जनाको शव सङ्कलन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ।

विमानमा पाइलट मनिष शाक्य र को–पाइलट एस कटवाल रहेका थिए। पाइलट मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अर्का विदेशी नागरिक आरेफ रेडा सवार रहेका थिए।

मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो ।

GTPTUcnaYAACC0I1721811439.jpg

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update