हिमाल दैनिक
नयाँ संसद भवन निर्माण कार्य चाँडो सक्न मन्त्री सिंहको अर्को निर्देशन

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सिंहदरबारमाभित्र निर्माणधिन नयाँ संसद भवनलाई समयमा नै सम्पन्न गर्न निर्देशन दिएका छन्।

मंगलबार निर्माणाधिन संसद भवनको अवलोकन गर्दै निर्माणका लागि देखिएको समस्यमा समाधान गर्दै समयमा नै सम्पन्न गर्न निर्देशन दिएको हो।

उनले सदनको अगामी हिउदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने गरि काम सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी दिए।

प्रयाप्त संख्यामा कामदार नराखिएकाले निर्माणमा ढिलाई भएको गुनासोलाई सम्बोधन गर्दै त्यही अनुसारको जनशक्ति राखेर तीव्रताका साथ कामलाई अघि बढाउनुपर्ने उनले बताए।

सिंहले अनुमगनपछि निर्माणमा देखिएका समस्यालाई आफुले समाधानका लागि पहल गर्ने आश्वासन दिए।

ठेकेदार कम्पनीलाई बोलाएर समयमा नै सम्पन्न गर्नका लागि देखिएका जटिलता हटाउने उनको भनाइ छ।
त्यस्तै मन्त्रालयका सचिव मणिराम गेलालले प्रयाप्त कामदार नदेखिएकाले ठेकेदार कम्पनीहरु छलफल गरेर निर्माण कार्यलाई तीव्रता दिने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गरेका थिए।

तीन वर्षमा निर्माण सक्ने लक्ष्य अनुसार काम सुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिदै आएको छ।

राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र रहेको संसद भवन निर्माण प्रक्रिया पूर्वनिर्धारित समयभित्र सम्पन्न हुन नसकेर सुस्तगतिमा अघि बढिरहेपनि तिब्रगतिमा फेरबदल हुँदै आएको सरकार र त्यसका नयाँ नयाँ मन्त्रीहरुले उक्त निर्माणाधिन भवनको स्थलगत निरिक्षण गर्दै नयाँ नयाँ मितिमा काम सम्पन्न गर्न निर्देशन दिने कार्यलाई जारी राख्दै आएका छन्। त्यसको पछिल्लो निर्देशन दिने मन्त्रीका रुपमा सिंह पनि उभिएका छन्। १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण गरिएको छ।

 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update