हिमाल दैनिक
संविधान संशोधनबारे फैलाइएका भ्रममा नपर्न ओलीको आग्रह
file photo

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका बिषयमा फैलाइएको भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन्।

आइतबार एमाले पार्टी कार्यालय च्यासलमा भर्खरै मनोनित भएका पार्टी पदाधिकारीका साथै अन्य केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउदै प्रधानमन्त्री ओलीले देश र जनताको हितका लागि आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने भन्दै तर, अहिले संशोधनका बिषयमा सरकार विरोधी समूहबाट भ्रम फैलाउन खोजिएको आरोप लगाउँदै यस्ता भ्रममा नपर्न आग्रह गरेका हुन्।

अहिलेको सत्ता समिकरणले संविधान संशोधनको कुरा गर्दा प्रतिगमनको मुद्दा बोकेर हिडेका पार्टीले स्टण्टबाजी गर्न खोजेको आरोप उनले लगाए।

प्रधानमन्त्री ओलीले एमाले सहि बिचार बोकेर देश केन्द्रित, परिवर्तन केन्द्रित कार्यक्रमका साथ अघि बढ्ने दाबी पनि गरे।

उनले लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी भए पार्टी समाप्त हुने जिकिर गर्दै एमालेभित्र कुनैपनि प्रकारको गुटबन्दी स्वीकार्य नहुने बताए।

यसअघि बसेको एमाले सचिवालय बैठकले पार्टी नेता गुरुप्रसाद बराललार्ई उपाध्यक्ष, दुईजनालाई स्थायी कमिटी सदस्य तथा १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुका साथै प्रदेश इन्चार्जहरुको नियुक्ति र हेरफेर गरेको थियो।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update