हिमाल दैनिक
काठमाडौंको मुलसडक भास्सिएर भ्वाँङ पर्दा सवारी आवागमन प्रभावित

काठमाडौंको अतिव्यस्त सडक कमलादीमा सडक भासिएको छ।

काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि टुकुचा खोला नजिकैको सडक भासिएको हो। सडक भासिएपछि सो क्षेत्रमा सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ।

टुकुचा खोलाले सडकमुनी रहेको माटो बगाएपछि सडक भासिएको स्थानीयहरुको भनाइ छ। खोला छेउका सडकहरुलाई व्यवस्थीत तवरले निर्माण नगरेकाले पटक पटक सडक भासिने समस्या देखिने गरेको उनीहरुको भनाइ छ।

बर्षायाममा काठमाडौंभित्रका सडकमा भासिने समस्या पहिलेदेखिनै चलिआएको समस्या हो। यसका बाबजूद राज्यको आधिकारिक निकायले दीर्घकालीन समाधानको उपाय खोज्न सकिरहेको छैन। यसअघि काठमाडौं नयाँ बानेश्वरकोबिच सडक भासिएको थियो।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update