हिमाल दैनिक
सक्रमणकालीन न्याय निरुपणको मुद्दा सहमतिमा टुंग्याउने नेपालको ऐतिहासिक उपलब्धिः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्याय निरुपणका बिषयमा भएको सहमति नेपालको राजनीतिमा ऐतिहासिक उपलब्धि भएको दाबी गरेका छन्।

बुधबार प्रतिनिधि सभामा छलफलका लागि पेश गरिएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथिको छलफलका क्रममा सभापति देउवाले संक्रमणकालीन न्यायका सन्दर्भमा राजनीतिक शक्ति र सरोकारवाला पक्षहरु सर्वसम्मतिका साथ उपस्थित हुनु आफैमा एउटा ऐतिहासिक उपलब्धिको घडी भएको बताएका हुन्।

शान्ति प्रक्रियाका बाँकी कार्यभारहरु पुरा गर्नका लागि भएको सहमतिले जटिल कामलाई नेपाली राजनीतिक दलहरु आफैले सम्पन्न गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह गर्न सफल भएको दाबी गर्दै उनले टीआरसी विधेयक कानून बने पश्चात द्वन्द्वका सबै पीडितहरुले न्यायको अनुभूति गर्नेे विश्वास व्यक्त गरे।

संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउने बिन्दुमा पुग्दै गर्दा अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको भन्दै सभापति देउवाले अन्तिममा विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले पनि स्वागत गर्ने दाबी समेत गरे।

विधेयक अघि बढेसंगै एकअर्कालाई शंका वा आरोपित गर्ने भन्दा पनि वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रभावकारी छनौट र प्रभावशाली कार्य प्रर्णाली प्रति सजग हुन आवश्यक रहेको उनले जोड दिए।

सभापति देउवाले शान्ति प्रक्रियाको बाँकी रहेको काम संक्रमणकालीन न्यायको विषयलाई निष्कर्षमा पु¥याउन सहयोगका लागि सबैमा अपील समेत गरे।

त्यस्तै उनले संविधान र व्यवस्था लाखौं नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको भन्दै यसको सही कार्यान्वयन, संरक्षण र सुदृढिकरण गर्नु सवैको दायित्व भएको धारणा राखे।

 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update