हिमाल दैनिक
सोलुको थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि, थप जोखिमको सम्भावना देखिएन

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ।

राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण, खुम्बु पासाङल्हामु गाउँपालिका लगाएत सरोकारवाला निकायको टोलीले शनिबार हेलिकप्टर मार्फत निरिक्षण गरेपछि पोखरी फुटेर बाढी आएको पुष्टी हो।

साथै सो क्षेत्रमा थप जोखिमको सम्भावना नरहेको खुम्बु पासाङल्हामु गाउँपालिकाले जनाएको छ।

शुक्रबार अकस्मात आएको बाढीका कारण खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेका २० घर तथा होटल लज, एक स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो।

नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनालाई उद्धार गरेको थियो। बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान समेत भएको छ।

त्यस्तै खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ।

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update