हिमाल दैनिक
भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्री लेखकको आग्रह

गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण सम्वन्धी ऐन २०५९ लाई संशोधन गर्न बनेको विधयेकलाई छिटो पारित गर्न आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उक्त विधेयकमाथिको छलफलका क्रममा मन्त्री लेखकले विधेयकमा रहेका धेरै बिषयमा सहमति जुटिसकेकाले समितिबाट छिटो पारित गर्ने वातावरण बनाउन आग्रह गरेका हुन्।

मन्त्री लेखकले धेरै विषय छलफलका क्रममा पहिचान भइसकेकाले पहिचान भएका विषयमा केन्द्रीत दफावार छलफल गरी निष्र्कषमा पुग्नुपर्नेमा जोड दिए।

उनले छलफलका क्रममा सरकाले आफ्नो धारणा र विषयहरु राखेपनि  अन्तिम निर्णय गर्ने अधिकार समितिकै भएको बताए।

भ्रष्टाचारको सवालमा पछिल्लो समय विधेयकमा राखिएको हदम्यादको विषयमा चौतर्फी खलबली मच्चाइरहेको बेला हदम्यादको कुरो गम्भीरताका साथ उठेको बताउँदै उनले स्वार्थ बाझिएको विषयमा स्पष्टताका साथ अघि बढ्नुपर्ने धारणा राखे।

उनले यसअघि सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले भ्रष्टाचार वा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार वा अनुचित कार्य गरेमा अख्तियार क्षेत्राधिकारभित्र राखिएको भएपनि अहिले संविधानमा भ्रष्टाचारको बिषयमात्रै उल्लेख  भएको जिकिर गरे।

यस्तो अवस्थामा अनुचित कार्यको बिषयलाई कसरी हेर्ने भन्ने प्रशन उठेको उनले बताए।

 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update