हिमाल दैनिक
सहकारीको मात्रै होइन, हर्वोको ठगीमा पनि जीबी राई नै संलग्न भेट्टिए!

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले तत्कालिन हाम्रो गु्रप अफ कम्पनीका तत्कालिन संस्थापक पुष्पराज पौडेलसंग बयान लिएको छ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले हाम्रो ग्रुप अफ कम्पनी र गोर्खा ग्रुप अफ कम्पनीको सम्बन्धका बारेमा पौडेलसंग सोधपुछ गरेको हो।

तत्कालिन अवस्थामा हाम्रो गु्रप अफ कम्पनीले हर्बो इन्टरनेशनल नेटवर्किङका नाममा सर्वसाधारणको करौडौको ठगि गरेको थियो। ठगि प्रकरणपछि पौडेल हाम्रो गु्रप अफ कम्पनीबाट बाहिरिएपछि सोहि कम्पनीलाई गितेन्द्रबाबु राई (जीबी) को नेतृत्वमा गोर्खा ग्रुप अफ कम्पनी बनाइएको थियो।

यसरी समितिमा उपस्थित विभिन्न सहकारीका पदाधिकारी तथा प्रतिनिधिहरुको वयान हेर्दा केही सहकारीको बचत तथा ऋण हिनामिना गरेको आरोप लागेका गोरखा मिडिया नेटवर्क प्रा.लि.का मुख्य संचालक जीबी राई अहिलेसम्म खराब कर्जा प्रवाहमा परेका सहकारीहरुमध्ये विरलै सहकारीमा मात्रै संलग्न नदेखिएको रिपोर्ट समितिमा आएको छ।

पौडेल आफुलाई अहिले राजनीतिक तथा धार्मिक अभियन्ता रुपमा चिनाउदै आएका छन्। बिहीबार नै समितिले सहकारी हिनामिना प्रकरणमा मुछिएका अन्य व्यक्तिहरुसंग पनि सोधपुछ गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिए।

यसैबिच गोरखा मिडियाका प्रबन्ध निर्देशकको रुपमा क्रियाशील तथा जीबी राईका व्यवसायिक साझेदार रवि लामिछानेसँग पनि यसबारे समितिले छलफल र जानकारी लिने तयारी गरिरहेको छ।

कार्यादेश अनुसार तीन महिनाको समयावधि सकिन लागेको समितिले प्रतिवेदन लेखनको कामलाई पनि निरन्तरता दिएको थापाले बताए। सहकारी बचत रकम दुरुपयोगको छानविन गर्न गत जेठ १५ गते समिति गठन गरिएको थियो।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update