हिमाल दैनिक
चितवनको डडुवामा पुगेका रविले गरे यस्तो ‘उडन्ते कुरा!

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोरखा मिडिया नेटवर्क प्रा.लि.का व्यवसायिक साझेदार जीबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको अभिव्यक्ति दिएका छन्।

शनिबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जीबी राईको विषयमा आफुले सहकार्य गरेको डेढ वर्षपछि विभिन्न अनुसन्धानबाट जानकारी पाएको भन्दै बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी भएको स्वीकारोक्ति दिए।

जब कि ०७० को सुरुवातमै अमेरिकी नागरिता लिएर बिचमा पाहुना भिसामा नेपाल फर्किएका रविले सरकारी निकायबाट काम गर्ने अनुमति पनि नलिई टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ नामको कार्यक्रम संचालनको काम सुरु गरे। यस क्रममा कतिपय सरकारी निकाय र सार्वजनिक संस्थाका अतिरिक्त कतिपय चर्चित व्यक्तिको समेत स्टिङ्ग अपरेशन’ नै गर्न भ्याउने लामिछानेले सोही टेलिभिजनका मुख्य संचालक एव आफ्नै व्यवसायिक साझेदार जीबीको विषयमा राम्रो जानकारी थिएन भनेर सहकारी छानविन विशेष समितिदेखि सार्वजनिक मिडियामा बोले पनि रविको भनाइप्रति विश्वसनीय आधार देखिदैन।           

रविसँग रहेका दुई विकल्पः कि सहने, कि त बुझाउँने      

राईसँग संगत गरेकोमा गलत क्रियाकलाप भएको रहेछ भन्ने देख्दा अझ बढी ध्यान दिनुपर्थ्यो भन्ने आफूलाई अहिले लागे पनि आत्मग्लानी वा पश्चाताप भने नलागेको बताए।

उनले ग्यालेक्सी टिभीका अध्यक्ष राईको सम्पत्तीको स्रोतको विषयमा हेर्ने काम राज्यका निकायको रहेको भन्दै जिबी राईलाई पक्राउ नगरेकोमा आफूले वर्तमान गृहमन्त्रीलाई कुनै दोष नलगाएको स्पष्टिकरण दिए।

केही संचारमाध्यले लगाएको बिषयमा सत्यता नरहेको र समितिको बयानका क्रममा यस्तो कुनै जवाफ नदिएको स्पष्ट पारे।

लामिछानेसँग शुक्रवार सहकारी ठगी सम्बन्धी विशेष संसदीय छानबिन समितिले लामो वयान लिएको थियो। उनले आफूमाथि उठेका सबै प्रश्नको जवाफ दिने अवसरका रुपमा लिएर समितिमा उठेका प्रश्नहरुको जवाफ दिएको जिकिर गरे।

यसैबिच चितवन ओर्लिए लगत्तै राप्ती नगरपालिकाको डडुवामा आयोजित कार्यक्रममा सम्बोधन गर्न पुगेका लामिछानेले अर्को उडुवा कुरा गरेका छन्।  

लामिछानेले सहकारी प्रकरणमा आफुले रकम दुरुपयोग गरेको प्रमाण ल्याए राजनीति छाड्ने उद्घोष गर्दै यस्तो उडन्ते कुरा गरेका हुन्।

पोखराको सूर्यदर्शन ऋण तथा बचत सहकारीका अतिरिक्त बुटबलको सुप्रिम ऋण तथा बचत सहकारीबाट आफुले ऋण लिएको प्रमाण छ भनेर संसदमा आवाज उठाउने नेताले १०६ दिन बित्दासमेत प्रमाण दिन नसकेको भन्दै अझै पनि आफुविरुद्ध कुनै प्रमाण आए राजनीति छाड्ने बताए।

रविजी! ठगीको आरोप पुष्टि भएमा राजनीति छाडेर मात्रै कहाँ सुख पाइएला र?

जब कि उनका विरुद्धमा विभिन्न माध्यमबाट प्राप्त प्रमाणहरुले उनी दोषी ठहरिए भने देशको विद्यमान ऐन, कानूनले उनलाई राजनीति छाडेर फेरि अर्को ठगी धन्दा गर्न छुट नदिई सोझै अदालतमार्फत कानून बमोजिम तोकिएको जेल सजाय तथा दण्ड जरिवाना हुन्छ।

यसैगरी उनले भ्रष्टाचारको अनुसन्धान र अभियोजनमा हदम्याद स्वीकार्य नहुने स्पष्ट अडान रहेको जिकिर गरे।
लामिछानेले भ्रष्टाचारीलाई जोगाउन हदम्यादसहितको विधेयकलाई बहुमतको बलमा अघि बढाउन खोजिए परिणाम नराम्रो हुने चेतावनी पनि दिए।

भ्रष्टाचारका बिभिन्न फाइलहरुलाई आफुले हिम्मतका साथ खोलेकै कारण हदम्यादको कुरा आएको उनको दाबी छ।

जब कि अहिले संसदको राज्य व्यवस्थामा विचाराधिन भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेको विधेयक ०७६ माघमा तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय सभामा पेश गरी ०७९ को अन्त्यतिर प्रतिनिधि सभामा आएको थियो।

 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update