हिमाल दैनिक
भारतीय युवा राज्यमन्त्रीद्वारा गृहमन्त्री लेखकसँग भेटवार्ता, बस दुर्घटना र घाइतेको स्थितिबारे सोधखोज

भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले तनहुँको ऐनापहरामा शुक्रबार भएको भारतीय यात्रुबहाक बस दुर्घटनाका सम्बन्धमा जानकारी लिएकी छन्।

शुक्रबार बिहान तनहुँको सडकबाट मस्र्याङ्दी नदीमा यात्रुबहाक बस खसेर केहीको ज्यान गएको समाचार सार्वजनिक भएलगत्तै शनिबार नेपाल आएकी राज्यमन्त्री खड्सेले गृहमन्त्रालयमा गृहमन्त्री रमेश लेखक लगाएतका सम्बन्धी सुरक्षा अधिकारीसंग छलफल गर्दै सो दुर्घटनाका बारेमा जानकारी लिएकी हुन्।

नेपाल आएलगतै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्यवस्थाबारे जानकारी लिएकी राज्यमन्त्री खड्सेले दुर्घटनापछि भएको उद्दारको काममा सन्तुष्टी व्यक्त गरेको गृहमन्त्री लेखकले जानकारी दिए।

घाइतको उपचार पनि निकै राम्रोसंग भइरहेको भन्दै सरकारलाई धन्यवाद दिएको उनले बताए। गृहमन्त्री लेखकले प्रक्रिया पुराएर दुर्घटनामा मृत्यु भएकाहरुको शव भारतले लिएर जाने जानकारी दिए।

शुक्रबार पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको  यात्रुवाहक बस सडकबाट मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने घाइते १६ जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update