हिमाल दैनिक
नेपाल र नेपाली कांग्रेसका बारेमा भ्रममा पर्नु छ? छ भने, कांग्रेसको वेभसाइट हेराैँ!

नेपाली कांग्रेसको नाम सुन्नेबित्तिकै जो कोहीले पनि सहजै अनुमान लगाउन र भन्न सक्छ, कि यो नै देशको पुरानो र ठूलो लोकतान्त्रिक पार्टी हो।

तर, यही पार्टीकाबारेमा नयाँ पुस्ताको युवा अथवा विदेशी अध्यताले कांग्रेसको इतिहासदेखि वर्तमानसम्मको जानकारी लिनु पर्यो भने आजको विज्ञान र प्रविधिको युगमा उसले खोज्ने पहिलो र सरल स्रोत भनेकै उक्त पार्टीको आधिकारिक वेभसाइट।

जसका आधारमा त्यो स्वदेशी वा विदेशी अध्यताले कांग्रेसको वेभसाइटबाट यो पार्टीको ऐतिहासिक पृष्ठभूमिसहितको परिचय, यसका संस्थापक नेतादेखि वर्तमान नेतासम्मले इतिहासदेखि वर्तमानसम्म भए/गरेका काम र योगदानका अतिरिक्त यसको समग्र सांगठनिक संरचना, यो पार्टीले भविश्यमा लिने समग्र राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, कुटनैतिक नीतिबारे समग्र जानकारी लिन चाहन्छ।

पार्टीको १३औं अधिवेशन लगत्तै सम्पन्न पहलिो आम निर्वाचनको केही समयपछि यस पार्टीका प्रखर र लोकप्रिय युवा प्रवक्ता एवं वर्तमान महामन्त्री विश्वप्रकाश शर्माले यही सवाललाई ध्यानमा राखेरै होला ०७७ भाद्र २३ गते पार्टीको ‘एक डिजिटल हाउस’ https://www.nepalicongress.org/ को नयाँ संस्करण बडो तामझामका साथ सार्वजनिक गरेका थिए।

तर, त्यो डिजिटल हाउसमा सुरुका दिनमा पार्टीको परिचय मात्र होइन, १३औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको तस्विरसहित साधारण मन्तव्य समेत अटाउन सकेको थिएन।

यसबारे हिमाल दैनिकले समाचार लेखेपछि जसोतसो, उक्त डिजिटल हाउसका संयोजकले सभापतिको एउटा तस्विरसहित छन्द न बन्दको सानो सन्देश वेभसाइटमा राख्न भ्यायो।

त्यसबाहेक, उक्त आधिकारिक वेभसाइटमा न पार्टीको परिचय छ, न त यो पार्टीका सूचना अधिकारीको नाम र नम्बर नै सहि। पत्रकारिताको भाषामा भन्नु पर्दा ‘गलत जानकारी प्रवाह गर्नु भन्दा कुनै जानकारी नै नदिनु बेस’ भन्ने गरिन्छ।

गृह पृष्ठको सुरुमै हाम्रो बारेमा शीर्षकभित्र पार्टीको परिचय खोलेर हेर्दा त्यतिबेलाका प्रवक्ता शर्माले तयार पारेको कविता र नारामय सानो लेख राखिएको छ। जसको अन्त्यमा अहिले संशोधन गर्दै वर्तमान प्रवक्ता डा प्रकाश शरण महतको नाम राखिएको छ।

Cong web61725101403.png

जब कि यो पृष्ठमा कांग्रेसको विगतदेखि वर्तमानसम्मको इतिहासलाई समेटेर धेरै लामो नभएपनि केही पृष्ठको सानो जानकारी राखिएको भए, स्वदेश र विदेशका नयाँ युवा अथवा अध्यताले कांग्रेसबारे सानोतिनो जानकारी लिन सक्ने थिए होला।

गृह पृष्ठमा प्रवेश गर्नासाथ जो कोहीले पनि सहजै अनुमान लगाउन सक्छ कि यो डिजिटल हाउसको नाममा गरिएको खेति जसले डिजाइन गर्यो अथवा त्यो ठिक ठानेर सार्वजनिक गर्यो उसलाई ओआरजी र डटकमबिचको अन्तर पनि थाहा भएको छैन कि!

पार्टीको विषयमा यसको औपचारिक सूचना र जानकारी लिनका लागि वेभसाइटको अन्त्यमा सूचना अधिकारी भन्ने महलमा क्लिक गर्दा ‘केशब रिजाल, अधिवक्ता, सचिव’को तस्विरसहितको नाम र मोबाइल नम्बरसँगै इमेल ठेगाना राखिएको छ।

Information officer1725101772.JPG

जब कि पार्टीका पूर्व सचिव रिजालले आजभन्दा झण्डै डेढवर्ष अगाडि नै पार्टी सचिवबाट राजिनामा दिएर अमेरिका पुगिसकेका छन् र पनि कांग्रेसले उनको तस्विर, नाम र नम्बरसहित वेभसाइटमा स्मरणका लाग राखिरहेको होला।
हुनत गृह पृष्ठको सुरुमै फोटो फिचरसहितको केही जानकारी पनि नराखिएको भने होइन। तर, त्यो फोटो फिचर पनि पाठकको लागि हेर्नलायक डिजायनमा पनि तेस्रो दर्जाको देखिने मात्र होइन, त्यसमा पनि अनगिन्ती गम्भीर प्रश्नहरुले घेरिएको छ।

पहिलो त, फोटो फिचरका रुपमा प्रयोग गरिएका सबै तस्विरहरु कांग्रेसको आफ्नै फोटोग्राफरले लिएको होइन। जुन, विभिन्न संचारमाध्यममा कार्यरत फोटोपत्रकारले खिचेका तस्बिरहरु हुन् जसको कोलाज गर्दा पनि प्राधिकार (कपिराइट)को सिद्धान्तलाई नै ठाडै उलंघन गरेको छ। यदि कसैले यी तस्विरहरुको विषयलाई लिएर कपिराइटको उजुरी हाल्यो भन्यो, त्यो सिंगो पार्टीकै निम्ति पनि महंगो सावित हुन सक्दछ।

त्यतिमात्र होइन, देशकै ठूलो र जिम्मेवार लोकतान्त्रिक पार्टीले कपिराइटको मान्यता त अस्विकार गर्यो नै, त्यसबाहेक उक्त तस्विरहरु कुन मितिमा र कहाँ भएको हो भन्ने तथ्यपनि सोह्रैआना गलत देखिन्छ।

उदाहरणका लागि, फोटो फिचरमा आउने पहिलो तस्विरमा नेपालको नयाँ नक्सा राखिएको छ, जसको क्याप्सनमा उल्लेखित जानकारीका आधारमा अध्ययन गर्न खोज्ने अध्येताले बिल्कुल गलत तिथि र मिति सम्झिनु पर्दछ। अर्थात, नेपालको संघीय संसदले २०७७ जेठ ३१ गते पारित गरेको नयाँ नक्साको क्याप्सनमा ०७७ आश्विन २६ गते भनि उल्लेख छ।

Nepal's map in congress web1725102087.JPG

त्यस्तै नेपालको संविधान जारी गर्दै तत्कालिन राष्ट्रपति रामवरण यादवले संविधान सभाको बैठकमा संविधानको मूल कपिलाई ढोग्दै गरेको एपीको फोटोमा तिथि, मिति त गलत छ नै। उक्त तस्विरको दायाँपट्टी तत्कालीन संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको तस्विर हटाएर उक्त स्थानमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको तस्विर राखिएको छ। जुन, फोटो पत्रकारिताको इथिक्स भन्दा धेरै कोश टाढाको मात्र होइन, बिल्कुलै फरक ठाउँ र बेप्रसंगको राखिएको छ।

Cong web11725101201.png

अर्थात, राष्ट्रपति यादवले ०७२ असोज ३ गते संविधान सभाबाट संविधान जारी गर्दै ढोगेको तस्विरमा संयुक्त राष्ट्रसंघको साधारण सभामा सहभागी हुन जानेक्रममा तत्कालीन प्रधानमन्त्री कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार र विशिष्ट व्यक्तिहरलाई जहाजको ढोकाअघिबाट हात हल्लाएर अभिवादन गर्दैगरेको पत्रकार बिकास कार्कीको तस्विर जोडिएको छ। त्यतिमात्र होइन, नयाँ युवा वा विदेशी अध्यताले त्यो तस्विरको क्याप्सन सहि वा गलत भन्ने जानकारी नराखी आफ्नोे अध्ययनको लेख तयार पार्यो भने, उसको जानकारी पनि पूर्णरुपले गलत ठहरिन्छ।

अर्थात, ०७२ असोज ३ गते जारी भएको नेपालको संविधानबारे कांग्रेसको डिजिटल हाउसले ०७७ भदौ २३ उल्लेख गरी गलत जानकारी प्रवाह गर्दैछ।

त्यतिमात्र होइन, ऐतिहासिक त्यो दिन भनि ०६३ को र ०७२ को फोटोहरुमा पनि ०७७ भदौ २३ र २४ गतेको मिति राखिएको छ। जसले गलत इतिहास आउँदो नयाँ पुस्तालाई सिकाउँदैछ।

नेपालमा भएको माओवादी सशस्त्र हिंसाको शान्तिपूर्ण अवतरणका लागि तत्कालीन सात दलका तर्फबाट कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र मााओवादी अध्यक्ष पुष्पकमल दाहालले नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गरेको विस्तृत शान्ति सम्झौताको तिथि, मिति पनि गलत राखिएको छ।

Cong web31725101272.png

त्यो तस्विरमा राखिएको मिति हेर्नेले नेपालको शान्ति सम्झौता ०६३ मंसिर ५ गतेको मिति होइन, ०७७ भदौ २३ गते नै हो कि भन्ने भ्रममा पर्दछ।

यसका अतिरिक्त काठमाडौंको खुल्लामञ्चमा ०७२ फागुनमा आयोजित कांग्रेसको १३औं महाधिवेशनको उद्घाटन सत्रकाबारेमा राखिएको तस्विर र त्यसमा उल्लेखित तिथि, मितिले पनि गलत जानकारी दिएको छ।

यसरी हेर्दैजाँदा कांग्रेसको डिजिटल हाउसको गृहपृष्ठमा भन्नका लागि त नेपाली र अंग्रेजी दुबै भाषामा हेर्न सकिने भनिएको छ। तर, अंग्रेजीमा हेर्न चाहने पाठकका लागि पार्टीको नाम, वेभसाइटको गृह पृष्ठमा उल्लेखित सवडोमेन र गलत मितिसहितको फोटो क्याप्सन र सभापतिको नामबाहेक अरु केही पनि मिल्दैन। यतिसम्म कि केन्द्रीय कार्यसमितिको नाम र तस्विर पनि पूर्ण र क्रमागत रुपमा छैन।

भन्नका लागि गृह पृष्ठमा सबडोमेन मातहतमा जिल्ला कार्यसमिति, भातृ संस्था, शुभेच्छुक संस्था, जनसम्पर्क समिति, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, संघीय संसदीय दल, प्रदेश सभा संसद दलहरुको लिंक राखिएको छ। तर, त्यी जुनसकुै लिंकभित्र क्लिक गर्दा पनि भित्र केही जानकारी मिल्दैन।

बरु, यो नयाँ डिजाइनको हल्लाखल्ला मच्चाउँदै ०७७ मा सार्वजनिक गरिएको वेभसाइटमा भन्दा त्यसअघिको साधारण वेभसाइटमा विगतका केन्द्रीय कार्यसमितिहरुका बैठक र त्यसले गरेका निर्णयहरुको सूचि धेरै पुरानो र व्यवस्थित थियो होला। तर, अहिलेको वेभसाइटमा प्रेस विज्ञप्ति खोज्यो भने ०८० वैशाख ३१ अघिको कुनै जानकारी पाइँदैन।

र पनि यो डिजिटल हाउसका मुखिया र डिजाइनरहरु नेताहरु समक्ष गर्भकासाथ भन्ने गर्दछन्, हामीले बनाएको वेभसाइट त्रुटिरहित उत्कृष्ट छ भनेर नेतृत्वपंक्तिको दिमाग भुटिरहेका छन्।  
   

 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update