हिमाल दैनिक
बालुवाटारमा देउवालाई दोसल्ला ओढाउँदै प्रधानमन्त्री ओलीले दिए जन्मदिनको शुभकामना
Photo: K P Sharma Oli's facebook page

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दोसल्ला ओढाएर सम्मान गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहिबार बिहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले समसामयिक विषयमा छलफलका लागि सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति देउवाका अतिरिक्त प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बोलाएका थिए।

दाहालसँगै बालुवाटार छलफलमा पुगेका कांग्रेस सभापति देउवालाई प्रधानमनत्री ओलीले उनको जन्मदिनको अवसर पारेर दोसल्ला ओढाउँदै शुभकामना व्यक्त गरे।

प्रधानमन्त्री ओलीले आफ्नो फेसबुकमार्फत तस्वीर सार्वजनिक गर्दै भनेका छन्, ‘आज पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ। प्रमुख तीन दलका नेताहरुसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो। आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो। सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी !!’

प्रधानमन्त्री ओलीले भेटवार्ताको विषयवस्तु समसामयिक राजनीतिक विषयमा कुरा भएको भनेपनि उक्त समसामयिक राजनीतिक विषय के के हो भनि केही खुलाएका छैनन्। 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update