हिमाल दैनिक
बजेट अधिवेशनको अन्तिम दिन आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

सरकारले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आजै भाद्र ३१ गते सोमबार राति १२ बजेदेखि संसदको चालू अधिवेशन अन्त्य गर्नेगरि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले जानकारी दिए।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने व्यवस्था छ।

चालु अधिवेशनको केही दिनअघि नेकपा एमाले नेता योगेश भट्टराईले नेकपा माओवादी केन्द्रले विगतमा चलाएको सशस्त्र द्वन्द्धलाई हिंसात्मक द्वन्द्धको रुपमा चित्रण गरेपछि आफ्नो संघर्षलाई हिंसा भन्दै अपमान गरेको आरोप लगाएर माओवादी सांसदले सदनमा विरोध जनाउँदै आएका थिए।

सभामुख देवराज घिमिरेले भट्टराईको अभिव्यक्तिमा प्रयोग भएको हिंसा संसदीय मर्यादा विपरित नभएको भन्दै त्यसालई रेकर्डबाट हटाउन नपर्ने भनि रुलिङ गरेपछि माओवादीले केही दिनदेखि गर्दैआएको सदन अवरोधको प्रक्रियालाई आइतबार पनि जारी राख्ने अडानका कारण सभामुखले आइतबारको बैठक सूचना टाँस गर्दै आजका लागि बोलाएका थिए।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भनेपछि माओवादीले सदन अवरोधमा केही लचकता देखाउँने भएको छ। प्रधानमन्त्री ओलीको सम्बोधन लगत्तै आजै सम्भवत् सहकारीको रकम हिनामिना सम्बन्धी छानविनका लागि गठित संसदीय समितिले आफ्नो प्रतिवेदन पेश गर्ने छ।

त्यसपछि सभामुखले आजै राष्ट्रपति कार्यालयबाट सदनको अन्त्य सम्बन्धी पत्र बाचन गरी अधिवेशन अन्त्य गर्ने छन्।

 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update