हिमाल दैनिक
सेनाको हेलिकप्टरद्वारा काभ्रेमा मात्रै ८ सय अलपत्र नागरिकको उद्दार

काभ्रे जिल्लामा नेपाली सेनाको हेलिकप्टरबाट हालसम्म करिव ८ सय जनाको उद्दार गरिएको छ।

अबिरल वर्षाको कारण काभ्रेको विभिन्न स्थानमा आएको बाढी र पहिरो कारण जिल्लाको विभिन्न ठाँउमा अलपत्र परेकालाइ नेपाली सेना तथा जिल्लास्थित सुरक्षा निकाय र अन्य संघ संस्थाहरुको समेत समन्वयमा उद्दार गरिएकोे हो।

कालीजंग गण धुलिखेलका गणपति प्रमुख सेनानी प्रकशबहादुर सिंहले नेपाली सेनाका फौज विभिन्न स्थानमा परिचालन गरी खोज तथा उद्दार कार्यमा सक्रिय भएको बताए।

असोज १० गतेदेखि निरन्तर परिरहेको अविरल बर्षातका कारण असोज ११ र १२ गते जिल्लाका विभिन्न स्थानमा क्षति भएको थियो। नेपाली सेनाको कालीजंग गणले मंगलटार इलाकामा रहेका अलपत्र अवस्थाका नागरिकहरुलाई रोशी ९ मा खाद्यान्न समेत बितरण गरेको थियो भने ३७ ब्यक्तिहरुको उद्दार गरेको थियो। जसमा २३ जना घाईते थिए।

पनौती नगरपालिका वडा नम्वर १२ मा उद्दार टोली मार्फत ३ जनाको उद्दार पछि अस्पताल पठाएको थियो। रोशी गाउँपालिकामा ३ बिदेशी नागरिक सहित ४० ब्यक्तिहरुको उद्दार गरेको छ। चौरीदेउराली, बेथान्चोक गाउँपालिकामा रहेका घाईतेहरुको पनि उद्दार गरेको छ।

रोशी र तेमाल गाउँपालिकामा गणले २ सय भन्दा धेरै ब्यक्तिलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको छ भने सिन्धुली र रोशी गाउँपालिमा अलपत्र रहेका विदेशी नागरिकहरु सतिह ३७ जनाले तेश्रो चरणमा धुलिखेल ल्याएको थियो।

खोज र उद्धारसँगै नेपाली सेनाको फौजले स्थानीयहरुको पुरिएका घरहरुको सामाग्री निकाल्न सहयोग गरिरहेका छन् भने नागरिकहरु पुरिएको अवस्थामा खोजका लागि सहयोग गरिरहेका छन्।

 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update