हिमाल दैनिक
बलानबिहुल गाउँपालिका सेनाको बरख गणद्वारा स्वास्थ्य शिविर संचालन

नेपाली सेनाको श्री बरख गणले सप्तरीको दक्षिणी सिमावर्ती बलानबिहुल गाँउपालिका निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ।

गाउँपालिकाको वडा नं.१ स्थित मल्हनियाँमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरि सर्वसाधारणहरुलाई सेवा प्रदान गरिएको सेनाले जनाएको छ।

गत साताको अविरल बर्षाको कारण उक्त पालिकाका केही स्थानहरु समेत डुवान तथा कटानबाट प्रभावित भएका थिए। शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बहिरंग सेवा, दंन्त उपचार सेवा, आँखा जाँच सेवाका साथै प्रयोगशाला परिक्षण सेवा समेत प्रदान गरिएको गणका गणपति प्रमुख सेनानी रमेश पाण्डेले जानकारी दिए।

पाण्डेले आफ्नो निजि पहलमा नजिक आंखा नदेख्ने समस्या पहिचान भएका तीन सय जना बिरामिहरुलाई निःशुल्क चस्मा वितरण गरिएको बताए।

स्वास्थ्य शिविरमा उक्त गणका अतिरिक्त राजविराज स्थित छिन्नमस्ता अस्पताल, श्री नं. २७ फि.ए. गुल्म तथा बालानबिहुल गाँउपालिकाको स्वास्थ्य शाखाका मेडिकल जनशक्तिहरुले करिव पाँच सय जनालाई सेवा दिएको थियो।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update