हिमाल दैनिक
नवनियुक्ति प्रधानन्यायाधीश राउतलाई राष्ट्रपतिद्वारा पद तथा गोपनीयताको सपथ

नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पद तथा गोपनीयताको सपथ लिएसँगै उनी सर्वोच्च अदालतको ३२औं प्रधानन्यायाधीशको सूचिमा परेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश राउतलाई शपथ गराए।

संवैधानिक परिषदको सिफारिसमा प्रधानन्यायाधीश पदका लागि नियुक्तिको सिफारिसमा परेका राउतको संसदीय सुनुवाई समितिबाट अनुमोदन भएसँगै पुनः संवैधानिक परिषदको निर्णय बमोजिम राष्ट्रपति पौडेलले राउतलाई आइतबारै प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए।

यसअघिका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १८ गतेदेखि सेवाबाट अवकास लिएपछि रिक्त रहेको प्रधानन्यायाधीशमा राउत नियुक्त भएका हुन्। उनको कार्यकाल करिब अठार महिनाको हुने बताइन्छ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगाएतको उपस्थीति रहेको थियो।

राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएलगत्तै राउतले आजै सर्वोच्च अदालतमा पुगेर पदबहाली गर्ने तयारी भइरहेको छ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update