हिमाल दैनिक
अवरुद्ध बीपी राजमार्गमा एकसाताभित्र सवारी आवागमन चलाउने तयारीमा सरकार

गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्जनसहित विपद्का कारण अवरुद्ध बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था भइरहेको बताएका छन्।

बाढी, पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा मंगलबार सिन्धुलीको खुर्कोट प्रभावित क्षेत्रको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले अतिभारी बर्षाका कारण आएको विपद्बाट सबैभन्दा बढी क्षति भएको बीपीरानमार्ग अस्थायी रुपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना लागि रहेको बताए।

सरकारी तबरबाट भएको स्थलगत निरिक्षण पश्चात गृहमन्त्री लेखकले दिएको अभिव्यक्ति अनुसार, विभिन्न समाचारमाध्यममा आएजस्तो वीपी राजमार्ग दर्शै अगाडि सुचारु हुने सम्भावना न्यून देखिएको छ। किन भने, उनले एक साताभित्र डाइभर्सनसहित अस्थायी रुपमा सडक खुलाउने कार्यमा राज्य लागिपरेकेो बताए। अर्थात दशैँको टिका आउन अब जम्मा चार दिन पनि बाँकी छैन।

विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागि परेको बताउँदै गृहमन्त्री लेखकले जतिसक्दो चाँडो यो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।

विपद्को समस्या सबै मिलेर समाधानमा जुट्नुपर्नेमा जोड उनको थियो। मन्त्री लेखकले सम्बन्धीत स्थानीय पालिकाहरुलाई तत्काल लाभग्राही विवरण पठाउन पनि आग्रह गरे।

सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरको केही क्षेत्रमा गृहमन्त्री लेखकसंगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देलसहितको टोली बाढी÷पहिरो प्रभावित क्षेत्रको अनुगमन गरेको हो।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update