हिमाल दैनिक
३ दिने काठमाडौं–पोखरा दौडमा धावक अर्जुन गोदार: सत्रसय फाँट पुगेमा 

काठमाडौँ-पोखरा दौड सुरु गरेका कास्कीका अर्जुन गोदार सत्रसय फाँट पुगेका छन्। कास्की रूपा गाउँपालिका १ फल्याङकोट निवासी ४४ वर्षीय गोदार सोमबार ५ः१७ बजे काठमाण्डौंबाट दौड सुरुका हुन् ।

पृथ्वी राजमार्ग अन्तर्गत काठमाडौँदेखि पोखरासम्मको क्षेत्रमा बढी सडक दुर्घटना जनधनको क्षति भएकोले शान्तिको कामनासहित स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ दौड सुरु गरेका गोदार पहिलो दिनमै मजिमटारसम्म करिब ८६ किलोमिटरको दुरी पार गरेका थिए। अहिले उनि आबुखैरेनीको सत्रसय फाँट पुगेका छन्। उनका साथमा मोटरसाइकल राइडर सहितको एक टोलीले आवश्यक मेडिकल सहितको सुविधा समेत उपलब्ध गराई राखेका छन् ।

आज उनि दमौलीमा बस्ने योजना रहेको उनको धर्मपत्नी सबिता पन्त गोदारले हिमाल दैनिकलाई जानकारी दिएकी छिन् । उनलाई विभिन्न आर्मी ब्यारेक, संघसंस्था, आमा समुहहरुले सम्मान गर्दै हौसला प्रदान गरेको सविताले बताइन्। उनका अनुसार श्रीमान गोदारले ३ दिनमा आफ्नो दौड पुरा गर्ने लक्ष्य रहेको बताएकी छिन् ।

गोदार नेपाली सेनाको हबलदार पदबाट निवृत भई विगत ११ वर्ष देखि युएईको सार्जा पोर्टमा काम गर्दै आएका छन् । युएईको सार्जा पोर्टको बसाइमा पनि गोदार हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल भएका थिए। 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update