हिमाल दैनिक
तिहार नजिकिँएसँगै फूल, माला व्यापारकोे तयारीमा व्यस्त हुन थाले गुण्डुका किसानहरु

तिहार नजिकिँएसँगै फूल, माला व्यापारकोे तयारीमा व्यस्त हुन थाले गुण्डुका किसानहरु
नेपाली हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसंगै मखमली फूलको पकेट क्षेत्र मानिने भक्तपुरको गुण्डुका किसानहरु मखमली फूल टिप्न र माला गाँस्न व्यस्त देखिएका छन्।

शुभदिपावली, तिहारको नाउँले चिनिने चाड तिहार आउन एक सातामात्रै बाँकी रहदा गुण्डुका किसानहरु अहिले आफ्नो खेत÷बारीमा लगाएको मखमली फूलको माला बनाएर बिक्रिका लागि तयारी अवस्थामा राख्न व्यस्त देखिएका हुन्।

भक्तपुरमा २० वर्षभन्दा बढि समयदेखि मखमली फूल उत्पादन हुदैआएको छ। वर्षेनी मखमली फूलको खेती हुदै आएको गुण्डुमा फूल खरिद गर्न व्यापारीहरु खेतबारीमा नै पुग्ने गरेको किसानहरुको भनाइ छ।

उपत्यकामा खपत हुने धेरै मखमली फूल गुण्डु क्षेत्रकै उत्पादन भएको किसानहरु दाबी छ। नेपाली बजारमा उपत्यकाभित्र र बाहिरबाट मात्र होइन, करोडौँ रुपैयाँ बराबरको मखमलीदेखि सयपत्री फूल भारतबाट समेत आयात हुने गर्दछ। जसको कारण कतिपय अवस्थामा नेपाली किसानहरुले उत्पादन गरेर बजारमा बिक्रीका लागि राखेको फूल, मालाले भारतीय फूलसँग प्रतिस्पर्धा गर्न कठिनाई हुने गरेको गुनासो सुन्दै पनि आइएको छ।

केहि किसानहरुले विदेशमा समेत मखमली फूल निर्यात गर्ने गरेका छन्। दाजुभाइ र दिदीबहिनीको पवित्र पर्व मानिने तिहारमा कहिल्यै नओइलाउने मखमली फूलको विशेष महत्व रहिआएको छ।

दिदीबहिनीले दाजुभाइलाई भाइटीका लगाएपछि मखमली माला पहिराउने परम्परा रहेदै आएको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update