हिमाल दैनिक
हतियार चलाउन नबिर्सेका दाहाललाई ओलीको जवाफः कसरी बिसाउनुपर्छ भन्ने कुरा हामीले जानेका छौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेको बताउँदै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई व्यंग्य गरेका छन्।

आइतबार काठमाडौंमा गैह्रआवासीय नेपाल सङ्घ (एआरएनए)द्वारा आयोजत गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौँ’ भनेर कुनै धम्की नदिन दाहाललाई सुझाव दिए।

शनिबार काठमाडौंमा आयोजित खवरदारी सभामा दाहालले आफूहरुले हतियार मात्रै बिसाएको र चलाउन भने नबिर्सिएको भन्दै वर्तमान सत्तारुढ दल यसका नेताहरुलाई धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए।

दाहालको उक्त अभिव्यक्तिको जवाफमा प्रधानमन्त्री ओलीले माओवादीले अझै धम्क्याएको भरमा खाने गरेको आरोप लगाउँदै अब यस्ता धम्की नदिन सचेत पनि गराए।

त्यस्तै प्रधानमन्त्री ओलीले बितेका केहि बर्षहरुमा संघको छवि कमजोर हुँदैगएको भन्दै संघलाई गैर आवासीय नेपालीहरुको साझा संस्था बनाउन सरकारको तर्फबाट पूर्ण सहयोग हुने बचनबद्धता पनि व्यक्त गरे।

संघलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न उनको सझाव थियो।

उनले सरकारको तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररुपमा काम गर्न समेत सुझाव दिए।

उनले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने धारणा राखे।

प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधान दिन सरकारले कञ्जुस्याईँ नगर्ने पनि स्पष्ट पारे।

 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update