हिमाल दैनिक
दिपावलीलाई लक्षित गर्दै राष्ट्र बैंकद्वारा चाँदीका सिक्का बिक्री सुरु, असर्फि भने मंगलबार मात्रै

नजिकिँदै गरेको चाड तिहार अर्थात धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री गर्ने कार्यको शुरुवात गरेको छ।

बैंकले काठमाडौंको बबरमहलस्थीत टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री शुरु गरेको टक्सार महाशाखाका उपनिर्देशक पिताम्वर पोखरेलले जानकारी दिए।

महाशाखाले सुनको असर्फि भने मंगलबार एकदिनमात्रै बिक्रि गर्ने जानकारी उनले दिए।

बैंकले १० ग्रामको लक्ष्मी मेडालियन, गणेश मेडालिनयन, गजलक्ष्मी र गाइ मेडालियनको दर २२ सय रुपैया तोकेको छ भने गाइ मेडालियन २५ ग्रामको मूल्य ५५ सय रुपैया तोकिएको पोखरेलले बताए।

सुनको असर्फि नागरिकताका आधारमा एक व्यक्तिलाई एक थानका दरले पहिले आउनेलाई प्राथमिकता दिएर बिक्री गर्ने जानकारी पनि उनले दिए।

बैंकले धन्तेरसलाई लक्षित गर्दै हरेक बर्ष सुन र चाँदीका सिक्का बिक्रि बितरण गर्दै आएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update