हिमाल दैनिक
ललितपुरमा बाढी, पहिरोबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई कांग्रेसले दियो आर्थिक सहयोग

असोज ११ र १३ गतेको बाढी पहिरोमा परि ललितपुरमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गरिएको छ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको समन्वय तथा सहजीकरणमा मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाले बाढि पहिरोमा परि ललितपुरमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई नगद सहयोग हस्तान्तरण गरे।

आर्थिकका सहयोगका लागि कांग्रेस सांसद मोहनबहादुर बस्नेतले व्यवस्था मिलाएका थिए भने सिन्धुपाल्चोकका बाह््रविसे नगरपालीका, भोटेकोशी गाँउपालीका लगाएत स्थानीय तहले समेत यसका लागि सहयोग गरेका थियो।

कार्यक्रममा कांग्रेस सभापति देउवाले बाढि पहिरोका कारण भएको धनजनप्रति दुःख व्यक्तगर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले दुःखको बेला कांग्रेस सदैव जनतामाझ रहने प्रतिवद्धता पनि जनाए।

त्यस्तै कांग्रेस सांसद बस्नेतले प्राकृतिक प्रकोपबाट पिडितहरुलाई सहयोग गर्नका लागि आफु सदैव क्रियाशील रहेर अघि बढ्ने बताए।

मानविय संवेदनशीलताका आधारमा एउटा नेपालीलाई दुःख पर्दा अर्को नागरिकले सहयोग गर्नु सबैको कर्तव्य भएको उनले बताए।

असोज ११ र १३ गतेको बाढि पहिरोमा परि ललितपुरमा मात्रै ४० भन्दा बढिको मृत्यु भएको थियो।

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update